काङ्ग्रेस संसदीय दल गण्डकीको प्रवक्तामा दवाडी

प्रकाशित मिति:

कास्की । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशको प्रवक्तामा प्रकाशचन्द्र दवाडी तोकिनुभएको छ। शनिबार बसेको दलको बैठकले दवाडीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

दलको भूमिका सदनमा प्रभावकारी हुन नसकेको गुनासो बढिरहेका बेला संसद् गठन भएको साढे २ वर्षपछि जिम्मेवारी तोकिएको हो । दवाडी गोरखा क्षेत्र २ ख बाट निर्वाचित हुनुभएको हो