शिखरको चुचुरो

प्रकाशित मिति:

 शिव खनाल

म खुशीले गदगद भएको छु
भावनाका छालहरु उर्लिरहेका छन्
खुसीका सिमा नाघेका छन्
मन हर्षविभोर छ ।

मानिसहरूले मलाई हेरिरहेका छन्
एउटा आदर्श व्यक्तिको रूपमा
मिडियाले मेरै चर्चा गरिरहेका छन्
संमानको ओइरो लागेको छ
सदभावपुर्ण शब्दहरु व्यक्त भइरहेका छन्
म पनि अचम्मित छु
हिजो र आजका दिन तुलना गर्दछु
जमिन आकाशको अन्तर पाँउछु ।

हुन पनि ती दिनहरु
कति संघर्षपुर्ण थिए
कति दुस्खद थिए
हरेक कामहरु असफल भइरहेका थिए
प्रयास त जारी थियोे
तर प्राप्ति थिएन
मानिसहरूले विचराूको दृष्टिले हेर्दथे
कहिलेकाहीँ निराश हुन्थें
शिखरको चुचुरोमा पुग्ने सपना त थियोे
अरु मसंग केही थिएन ।

उकालो बाटो चढ्दै थिएँ
चर्को घाम लाग्थ्यो
पानी पाईदैनथ्यो
पसिना बग्दथ्यो
रुख बिरुवा थिएनन्
चौतारी थिएन
खुट्टा लल्याकलुलुक हुन्थे
कहिँलेकाही निराश हुन्थें
र भन्दथें
भो छोडिदिउँ
यो एक्लो संघर्ष
भो नहिडौं
यो अत्यासलाग्दो बाटो ।

डरलाग्दो भिर थियोे
बाटो सांघुरो थियोे
सानो गल्तीले मृत्यु प्राप्त हुन्थ्यो
तर म हिंड्दै गरें ।

हिंड्न नसक्दा टुक्क्रुस्स बसें
फेरि पाइला चालें
कहिले धेरै
कहिले थोरै ।

खुट्टामा घाउचोटले भरिन्थ्यो
शरीर मानिसको हो कि जनावरको छुट्टिदैनथ्यो
भोक र तिर्खाले
भात खांउ कि माटो खांउ हुन्थ्यो ।

तर केवल एउटा सपना थियोे
एउटा उदेश्य थियोे
त्यसैको कल्पनामा कहिलेकाहीँ मस्त हुन्थें
मानिसहरूले एकोहोरे भन्थे
नहुने काममा हिड्यो भन्थे
तर पनि म परिवर्तित भइन
आफ्नो उदेश्य छोडिन ।

मेरो आंखामा केवल त्यही चुचुरो थियो
मेरो नशा नशामा त्यही थियोे
अरु प्राप्ति मेरो लागि केही थिएन
अरु खोजी मेरो लागि केही थिएन ।

अन्ततः म पुगें त्यो शिखरमा
वर्षौं त लाग्यो
तर म पुगि छाडें ।

पहिला सपना जस्तो लाग्ने शिखरमा छु म
यश बखत म आफ्नो
एक एक विगतलाई सम्झन्छु
ती सबै सपना जस्तै लाग्दछन ।

पहिलेका दुस्खहरुले मलाई
ऐले दुस्ख दिएका छैनन्
बरु झन् झन् आनन्द पो दिएका छन्
अहो १ म सफल भएँ
म शिखरमा पुगें । ।

कविता बारे टिप्पणी  मनोविज्ञानको एक सिद्धान्त अनुसार कुनै पनि लक्ष्य हांसिल गर्नु छ भने पहिला त्यसलाई आफ्नो मानसपटलमा ल्याउनु पर्छ । लक्ष्यलाई दृश्यमा बदल्नु पर्छ । त्यही अनुसार कर्म गर्नु पर्छ । यो कविता यहि सिद्धान्तमा आधारित छ । पाठकले आफुलाई  “म” पात्रमा एकाकार गरेर कविता पढ्नु भयो भने कविताको भाव सजिलै मनन गर्नुहुनेछ ।