तिनाउ इन्टरनेशनल हस्पिटलले ग¥यो कोरोना बीमा

प्रकाशित मिति:

अर्घाखाची जेठ ११ । श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा।लीले अस्पतालमा कार्यरत स्वास्थ्य कर्मि तथा कर्मचारीहरुको कोरोना भाइरस ९ कोभिड १९ ० बीमा गराएका छन् । बुटवलमा संचालनमा रहेको अस्पतालले कार्यरत स्वास्थ्यकर्मिहरुको कोरोना भाइरस बीमा गराएको हो ।
पछिल्लो समय नेपालको तराई क्षेत्रमा कोरोना संक्रमणको अवस्था फैलदै गएपछि अस्पतालमा कार्यरत स्वास्थ्य कर्मिहरुको कोरोना भाइरस बीमा गरिएको श्री तिनाउ हस्पिटल प्रा।लीका अध्यक्ष रुद्र बहादुर कार्किले बताउनु भयो । उहाँले स्वास्थ्यकर्मिहरु फ्रन्टलाईनमा रहेर सेवा दिइरहेको अवस्थामा उनीहरुमा पनि संक्रमणको जोखिम उच्च रहेको हुदाँ कोरोना बीमा गरिएको बताउनु भयो ।

अस्पतालले कार्यरत ९४ जना कर्मचारीहरुको जनही एक लाख बीमाङ्क रकम पाउने गरी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको अर्घाखाची स्थित शाखा बाट बीमा गरेको इन्स्योरेन्सका अर्घाखाची शाखा प्रमुख लक्ष्मण के।सीले जानकारी दिनु भयो । गत बैशाख ७ गते देखी नेपालमा संचालीत बीमा कम्पनीहरुले १ लाख र पचास हजार रुपैयाको कोरोना बीमा गर्दै आएका छन् । एक लाखको बीमा गर्दा जनही १००० र पारिवारीक एवं सस्थागत गर्र्दा ६०० रुपैयाका दरले गर्न सकिने र पचास हजारको जनही ५०० र पारिवारीक तथा सस्थागत बीमा गर्दा ३०० रुपैयाका दरले बीमा गर्न सकिने के।सीले बताउनु भयो । कोरोना बीमा अन्र्तगत बीमीतले बीमा गरेको १५ दिन पश्चात कोरोना संक्रमण पुष्टि भएमा –पि।सि।आर रिपोर्ट पोजेटिभ भएमा बीमीतलाई तत्कालै भुत्तानीको प्रावधान रहेको समेत जानकारी दिनु भयो ।