लक डाउनमा भारत बाट फर्किएर क्वारेनटाइनमा बसेका नेपाली हरुलाई राहत वितरण

१२ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
21 Shares


लक डाउनमा भारत बाट फर्किएर क्वारेनटाइनमा बसेका नेपाली हरुलाई राहत वितरण गरिएको छ । रुपन्देहीको २ओटा नगरपालिका र एउटा गाउँपालिकामा रहेको 3 ओटा क्वारेनटाईनलाई हाई लाइफ फूड्स प्रा लि ले खाद्यान्न वितरण गरेको हो । चिउरा , सोयाबिन , मस्यौरा , कनफ्ल्याक , ओट्स ,उत्पादन गर्ने हाई लाइफ फूड्स प्रा लि ले दैनिक २00 जनालाई रोजगारी प्रदान गर्दै आइरहेको छ । 90% सामग्री नेपाल बाट हङकङ , मकाउमा निर्यात गर्छ भने प्रशोधनको लागि अष्टेलिया , संयुक्त राज्य अमेरिका पठाउने गरेको प्रा लि का प्रबन्ध निर्देशन प्रशान्त घिमिरेले जानकरी दिनु भयो ।

राहत वितरण कार्यक्रम अन्तरगत बुटवल उपमहानगर पालिका वडा नंबर ४ मा अवस्थित कान्ति माध्यमिक विधालयमा रहेको क्वारेनटाइनमा रहेका ११० जनाको लागि वडा अधक्ष्य टंक पराजुलीलाई राहत हस्तान्तरण गरिएको छ । त्यस्तै वैशाख ३१ गते नेपाल भारत सिमाना बेलहीया नाका बाट नेपाल भित्र्याइएर तिलोत्तमा नगरपालिका वडा नंबर २को शंकनगरमा अवस्थित दुर्गादत्त माध्यमिक विधालयमा राखिएका ४५ जनाको लागि वडा अध्यक्ष लाई राहत हस्तान्तरण गरिएको छ । तेस्तै सियारी गाउँपालिका वडा नंबर १ का अधक्ष्य अरुण शाही लाई ३०० परिवारलाई एक हप्ता पुग्ने खाद्यन वितरण गरिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रौतहट यूवा पिढि द्वारा आयोजित रक्तदान कार्यक्रममा १६ जनाले गरे…
  • साँक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण
  • देउवाले गरे जनसम्पर्क समिति समन्वय विभाग विस्तार “नामावलीसहित”
  • बंगलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने
  • गुल्मीमा कांग्रेस र प्रहरीबीच झडपः पार्टी सभापतिसहित ६ जना घाइते
  • पश्चिम नवलपरासीमा ५४ जनामा कोरोना पुष्टि
  • कांग्रेसको प्रश्‍न : ‘गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ?’
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • साँक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण
  • बुटवल उद्योग बाणिज्य संघको साधारण सभा तथा अधिवेशन यहि असोजमा…