कोरोना बाट जोगिन २२ टिप्स

प्रकाशित मिति:

डा. हेमराज कोइराला – अहिले देशमा लकडाउन छ । अधिकांश घरभित्रै छन् । उदेगलाग्दो त के भने कोरोना भाइरसको संक्रमण बढ्दो छ । दिनहुँजसो संक्रमितहरू थपिने क्रम यथावत छ । यो क्रम बढ्दै गएमा र त्यसका लागि उचित उपचार व्यवस्था गर्न सकिएन भने के होला ? स्थिति निकै भयावह हुने निश्चित छ । अहिलेसम्म जति संक्रमित छन्। उनीहरूमा कोरोना भाइरसको असर कस्तो र कसरी देखिएको छ भनेर अध्ययन भएको छैन। त्यसैले कोरोना भाइरसको संक्रमणपछि पूर्णत: निको हुने दर र अन्य खतराबारे अहिले नै आकलन गर्न सकिएको छैन । तर, नेपालमा जति संक्रमित छन्। उनीहरूमध्ये धेरैजसो निको भएर फर्किएका छन्। त्यसैले कोरोनो संक्रमण हुँदैमा डराइहाल्नुपर्ने अवस्था छैन। यद्यपि सचेत र सर्तक भने हुनैपर्छ। कोरोना पूर्णरूपले नियन्त्रण नहुन्जेलसम्म कतै आउजाउ गर्ने, पाहुना लाग्ने, भ्रमण गर्ने योजना रद्द गरौं।  सम्भव भएसम्म घरबाहिर खाना खाने नगरौं । आवश्यक वा बाध्यात्मक स्थितिमा त घर बाहिर खानुपर्छ नै । यद्यपि स्वाद फेर्नका लागि घर बाहिरको खानेकुरा खाने नगरौं । कुनै पारिवारिक समारोह जस्तै विवाह व्रतबन्ध, पास्नी वा जमघटमा सकेसम्म सहभागी नभएकै राम्रो । यदि सहभागी हुनै परे निश्चित दुरी कायम गर्ने, सफाइमा ध्यानदिने गरौं । भेटघाटमा शरीरिक दुरी कायम गरौं ।

अनावश्यक हिँडडुल एवं यात्रा गर्दै नगरौं  भिडबाट बचौं । भिडभाड यो महामारी फैलाउने प्रमूख कारक तत्व हो ।ज्वरो आएको, खोकिरहेको, हाच्छ्युँ गरिरहेको व्यक्तिको नजिकै नपरौं। त्यस्ता व्यक्तिलाई सुरक्षित रुपमा रहन र आवश्यक स्वास्थ्य सर्तकता अपनाउनका लागि सहयोग गरौं । घरबाट बाहिर जाँदा मुख र नाक टम्म ढाकिने गरी फेस मास्क लगाउन नभुलौं‌।  सार्वजनिक स्थलका कुनै पनि वस्तुहरू छुँदा त्यो सतहलाई ७०% भन्दा धेरै अल्कोहल भएको सेनिटाइजरले निर्मलीकरण गरेरमात्र छुने गरौं ।कुनै वस्तुको लेनदेन गर्दा पञ्जाको प्रयोग गर्नेगरौं ।कुनै सतह वा वस्तुहरू छोएपछि साबुन पानीले मिचिमिची हात धोइहालौं वा ७०% भन्दा धेरै अल्कोहल भएको सेनिटाइजरले निर्मलीकरण गरिहालौं । केही समयको लागि मांशाहारी भोजनलाई त्यागौं र शाकाहारी भोजनलाई प्राथमिकता दिनुहोस ।प्रतिरक्षा प्रणालीलाई सबल बनाउनका लागि दैनिक राति ९ बजेदेखि बिहान ५ बजेबीच ८ घण्टा निदाउने, प्रशस्त पानी पिउन, दैनिक योगाभ्यास एवं ध्यान गर्ने, कपालभाती, भष्त्रिका एवं सूर्यभेदन जस्ता प्राणायाम गर्ने, शाकाहारी बन्ने, प्रसस्त फलफूल एवं तरकारीको सेवन गर्ने, दैनिक घाम ताप्ने, प्रशस्त रेशा र चोकर भएका खानेकुराहरू खाने, हप्ताको एक दिन उपवास (व्रत) बस्ने, सकारात्मक सोच्ने, प्रकृतिनजिकै रहने, धुम्रपानको एवं मद्यपान त्याग्ने, चिनीको एवं कृत्रिम चिल्लोको सेवन नगर्ने, ज‌ंकफुड, रिफाइन्डफुड नगर्ने ।

धार्मिक स्थल, सार्वजनिक योग, हजामको दोकान, ब्युटीपार्लर, जिमखाना आदि जानबाट बचौं । कोरोना महामारी तत्काल निर्मूल हुने समस्या हैन र यससँग कसरी सुरक्षित बाँच्ने भनेर दीर्घकालीन सोच बनाउनुहोस् । त्यहीअनुसार जीवनलाई सहज बनाउँदै लानुहोस् ।हातमा औंठी, बाला, चुरा, हाते घडी लगाउनु, नङ पाल्नु पनि त्यति उचित हुँदैन । घरबाहिर गएर आएपछि सो कपडालाई धोइदिनुस्। साथै जुत्तालाई सेनिटाइज निर्मलीकरण गरेरमात्र प्रयोग गर्ने गरौं। शंकास्पद स्थानमा गएर आउनुभएको भए तुरून्त नुहाउनुपर्छ । लगातार तातो पानीको सेवन गरौं । तातोपानीले संक्रमणलाई निस्तेज गर्न सहयोग गर्छ ।गुर्जो, दालचिनी, जिरा, धनियाँ, बेसार, लसुन, ज्वानो, असुरो, तुलसी, अमला, यष्टिमधु, पिप्ला, अदुवा, मरिच आदिमध्येे कुनै एक वा एकभन्दा ज्यादा जडीबुटीहरू मिसाएर सेवन गर्ने गरौं । व्यक्तिगत स्वच्छतालाई अत्यन्त महत्वका साथ लागू गरौ‌ं । स्वच्छता अपनाएर पनि कोरोना संक्रमणलाई माथ दिन सकिन्छ । नाक, मुख एवं गलाको सफाइका लागि जलनेती, कुञ्जल, वाष्प ग्रहण, एवं नाक एवं मुखमा नौनी घिउ वा तोरीको तेल हाल्ने गरौं । सूक्ष्म पोषक तत्वहरू जस्तै भिटामिन सी, भिटामिन डी एवं जिङ्क जस्ता तत्व भएका खाद्यपदार्थ खाने गरौं ।