भूमि प्राप्तिमा ठोस कदम चाल्न संसदीय समितिको निर्देशन दियो

१२ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
28 Shares


काठमाडौं, जेठ ११ । संघीय संसद्अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले भारतले अतिक्रमण गरेको नेपालको भूमि प्राप्तिमा ठोस कदम चाल्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमाा आज नेपाल भारत सीमा सम्बन्ध तथा विदेशबाट नेपाली फर्काउने विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भएको छलफलपछि समितिले कूटनीतिक रुपमा छलफल गरी संवादमार्फत नेपालको भूमि फर्काउन ठोस पहल गर्न सरकारलाई निर्देशन दिएको हो।

बैठकले विदेशमा समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउनसमेत सरकारलाई निर्देशन दिएको समितिका सभापति दिलकुमारी रावलले जानकारी दिइन्। समितिले मुलुकको राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरी संविधान संशोधन गर्ने प्रक्रिया शुरु गरेर सरकारले ऐतिहासिक काम गरेको भन्दै प्रशंसा गरेको छ।समितिले कोभिड–१९ को महामारीको सम्बन्धमा विदेशमा गाँस, बास कपास, स्वास्थ्य र सुरक्षालगायतबाट संकट बेहोरीरहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वास्थ्य सुनिश्चिता गरी नेपाल ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ।

छलफलमा मन्त्री ज्ञवालीले भारतले सुगौली सन्धि विपरीत नेपालको भूभागलाई आफ्नो नक्सामा पारेको बताए। विगतमा भारतीय सुरक्षाकर्मीलाई बस्न मात्रै दिएको यसअघि नै खुलेको र त्यसैका आधारमा नेपालको भूमिलाई भारतले कब्जा गरेको भन्दै भूमि प्राप्त गर्न कूटनीतिक रुपमा प्रक्रिया थालिएको उनले बताए। उनले स्वदेश फर्किन चाहने नेपालीलाई प्राथमिकताका आधारमा फर्काउने सरकारले तयारी गरेको समेत बताए।@kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आईपीएल २०२० : राजस्थान राेयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै
  • त्रिविबाट नेविसंघ कार्यकर्ता पक्राउ
  • गुल्मीको राताडांडामा पहीरो जादा २ जना बेपत्ता
  • आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न नदिने सरकारको निर्णय
  • भोलिदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालन गर्ने
  • नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
  • निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण सुरु
  • आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता…
  • समृद्धि फाइनान्सको २००% हकप्रद असोज १६ बाट निष्कासन हुने, कहिलेसम्मका…
  • सहकारीमा पनि घट्ने भयो ब्याजदर, यस्तो छ नयाँ व्यवस्था