सेनाको साहस कालिमाटीमा होइन, कालापानीमा चाहिएको छ

१२ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


ध्रमेन्द्र झा । पछिल्लो पटक नेपाली सेना एक पटक पुनः चर्चामा आएको छ। चर्चामा आउनुको कारण हो संघीय राजधानी काठमाडांैमा सेनाका कारण एक जना सामान्य नागरिकले कठिनाइ भोग्न बाध्य हुनु। सेनाको भूमिकाका सम्बन्धमा एक पटक नयाँ ढंगले बहस सुरु भएको छ। कलंकी नजिकैको सिउचारमा डेरा गरी बस्ने ६७ वर्षीय घनश्याम झा पूर्वशिक्षक हुन्। आमव्यक्तिलाई शिक्षा प्रदान गर्ने सेवामा लामो समय बिताएका थिए उनले। हृदयघात भएपछि शिक्षण पेशाबाट अलग्गिएका उनी आइतबार सेना र नेपालको प्रशासनिक निकायको व्यवहारबाट पीडित बने, आफ्नी श्रीमतीको उपचारका लागि जाने क्रममा।  बजारमा किनेको आर्मीको जस्तो सर्ट लगाएका कारण उनले आइतबार जुन पीडा भोगे त्यसले नेपाली सेना आफ्नै नागरिकप्रति कति असंवेदनशील छ भन्ने देखाएको छ। झाले सर्ट फुकालेर क्षमा माग्दा समेत त्यहाँ रहेका सेनाले उनलाई बन्दुको नाल देखाएर थर्काउन छाडेनन्। आखिर त्यो सेनाको पनि काम त नागरिककै सुरक्षा दिने होइन ररु आम नागरिकले तिरेको करले लगाउने पोशाक, रसाद र हतियार बोक्ने सेना श्रीमती बिरामीको पीडामा छट्पटिएको सामान्य नागरिकमाथि किन यति क्रुर देखियोरु

पूर्वशिक्षक झाकी पत्नी वीर अस्पतालमा उपचाररत रहेकाले चिकित्सकको आदेशानुसार सानो छोरासहित उनी एबी पोजिटिभ रगत लिन ताहाचल सोल्टी मोड स्थित रेडक्रस सोसाइटीतर्फ गइरहेका थिए। जाँदै गर्दा कालिमाटी चोकमा एक जना सैनिकले रोके। रोक्नु कुनै समस्या होइन। सुरक्षाकर्मी हुन्, सुरक्षाजन्य कुनै कारणले निश्चय पनि कसैलाई रोक्न सकिन्छ। सोधपुछ गर्न सकिन्छ। तर बहसको विषय यो हो कि सडकमा सेनाले यसरी सोध्न मिल्छ कि मिल्दैन ? आन्तरिक शान्ति सुरक्षाको जिम्मेवारी त नेपाल प्रहरीको हो क्यारेरु सडकमा आएर सेना क्रियाशील हुन त सरकारको औपचारिक निर्णय आवश्यक हुन्छ क्यारे१राष्ट्रपतिलाई पनि यसबारे थाहा दिइनुपर्छ क्यारे१ सायद यो सबै औपचारिक प्रक्रियापछि नै सेना कालिमाटीमा उपस्थित भएर एउटा सामान्य नागरिकलाई केरकार गरेको होला। यस पंक्तिकारलाई यसबारे राम्ररी थाहा नहुन सक्छ। यसो हो भने– सम्बन्धित निकायले सही कुरा बताइदिनुपर्छ।

लौ, एकछिनलाई मानौं, सेनाले घनश्याम झालाई छेउमा लगेर सुरक्षाजन्य कुनै विषयमा सोधपुछ गर्‍यो रे। यसमा खासै आपत्ति नहोला। तर एउटा कुरा के हो भने झा नेपालको कुनै पनि सुरक्षा निकायको सूचीमा सुरक्षा चेतावनी उत्पन्न गर्न सक्ने व्यक्तिका रुपमा दरिएका छैनन्। यस्तोमा कुनै ठूलै अपराधीको जस्तो सेनाले गरेको केरकार र दुर्व्यवहारको जति निन्दा गरे पनि कमै हुन्छ।पुरुष हुन् वा महिला, कसैका लागि पनि वस्त्रको महत्व बस्त्रसम्म मात्र सीमित छैन। बस्त्र कुनै पनि व्यक्तिको मान, मर्यादा, प्रतिष्ठा र अस्मितासँग जोडिएको वस्तु हो। के आजको २१ औँ शताब्दीको नेपाली सेनाको जवानलाई यति पनि थाहा छैनरु नेपाली सेनाले सडकको बीचमा लगाएको कपडा फुकाल्न लगाएर नाङ्गै हिँडाएर एक जना ज्येष्ठ नागरिकको अस्मिता अपहरण गर्न मिल्छ ? रगत खोज्न हिँडेको भनेर अस्पतालको पूर्जी देखाउँदा देखाउँदै पनि एक जना महिला बिरामीको जीवनलाई संकटमा पार्ने गरी रोगी महिलाका पतिलाई घण्टौं कुराउन मिल्छरु राज्यकै जिम्मेवार निकायका एक जना व्यक्तिबाट दिनदहाडै यसरी मानवअधिकारको धज्जी उडाउन मिल्छरु कोरोना महामारीको वर्तमान समयमा कसैलाई कोरोना संक्रमण हुने गरी खाली शरीर सडकमा हिँड्न बाध्य गर्न मिल्छ ?

यो प्रकरणमा एउटा महत्वपूर्ण प्रश्न उठेको छ– आखिर घनश्याम झाको अपराध के थियोरु राज्यले यसको जवाफ दिनुपर्छ। होइन भने सार्वजनिक रुपमा क्षमायाचना गर्नु अपरिहार्य छ। समाचारहरुमा सार्वजनिक भएअनुसार झाले नेपाली सेनाको लुगाको रंग र डिजाइन भएको सर्ट लगाएका थिए। यो कुरा कालिमाटीमा खटिएका सैनिकलाई ठीक लागेन। उनले यो कुरा मन पराएनन्। ठीक छ, मन नपराउन पाइन्छ, तर यसो भन्दैमा कसैलाई बीच सडकमा नङ्ग्याउन पाइन्छरु के ती सैनिकलाई कुनै कानून लाग्दैनरु के सैनिक संविधान र कानूनभन्दा माथि छन्रु छन् भने हामीले मान्नुपर्छ नेपालमा अझै पनि लोकतन्त्र संस्थागत भइसकेको छैन। सेनाले लगाउने लुगाको जस्तो रंग र डिजाइनको लुगा अरुले लगाउन नपाउने हो ररु यदि त्यसो हो भने यस्ता रंग र डिजाइनका कपडा पसलमा किन विना कुनै रोकवाट विक्री हुन्छरु त्यस्ता विक्रेतालाई किन सोधपुछ गरिँदैन र नेपालमा सर्वसाधारणका लागि त्यस्ता लुगाको आयात नै किन रोकिँदैन ?

होइन, यस्ता लुगा लगाउन पाइन्छ भने झालाई उनको सर्ट किन खोल्न लगाइयोरु जबकि त्यही दिन त्यस्तै लुगा लगाएका अर्का व्यक्ति वीर अस्पतालमा उपस्थित थिए। त्यसैले स्वाभाविक रुपमा अर्को प्रश्न उठ्छ–के घनश्याम झा फरक रंग र अनुहारका भएकैले उनले त्यस्तो अपमान ब्यहोर्नु परेको होरु यसको उत्तर अपेक्षित छ। एकछिनलाई मानौं, लुगा खोल्न लगाउने सैनिकलाई कारवाही त होला तर यसो हुँदा झाको स्वाभिमानमा ठेस लागेर चहर्‍याइरहेको घाउको पीडा तत्काल निको होलारु प्रश्न अनेक छन्। खासमा यो सम्पूर्ण विषय सेनाको लोकतान्त्रीकरणको विषयसँग सम्बन्धित छ। देशमा प्रजातन्त्रको पुनःस्थापना भएको ३२ वर्ष भइसकेको छ। गणतन्त्र आएकै पनि डेढ दशक बितिसक्यो।तर बेलाबेलामा सेनाको लोकतान्त्रीकरणबारे चर्चा चलिरहन्छ। पछिल्लो समयमा घनश्याम झाको सन्दर्भले त्यस्तै चर्चाको एक पटक पुनः विजारोपण गरेको छ। यसको अर्थ हो, लोकतान्त्रीकरणको सन्देश सेनाको सबै तहसम्म समान रुपले पुग्न सकेको छैन।

कतै न कतै यसबारे अभिमुखीकरण नपुगेको हो। सेना पनि तिनै घनश्यामहरु ९नेपालीहरु० ले तिरेको करबाट परिचालित छ। यो कुरा जबसम्म सबैले बुझ्दैनन् तबसम्म ती घनश्यामहरु अर्थात् सामान्य नेपालीको सम्मान गर्नुपर्छ भन्ने भावनाको विकास कुनै पनि तह र निकायका कर्मचारीतन्त्रमा हुन सक्दैन। यस सन्दर्भमा नेपाली सेना पनि अपवाद छैन। कम्तिमा घनश्याम झाप्रतिको ती सैनिकको व्यवहारले यही कुरा प्रमाणित गर्दछ।सेनाका एक जवानले गरेको यो हर्कतले नेपाली सेनाप्रति आम बुझाइ फेरिने देखिएको छ। दुःखमा परेका नागरिका सेवा गर्न छाडेर सर्टका विषयमा विवाद गर्ने, खोल्न लगाएर नाङ्गै हिँडाउने सेनाले खोई त भारतले मिचेको भूमि कालापानीको रक्षा गर्न सकेकोरु सेनाको साहस काठमाडौंका सडकमा पीडाले छट्पटाउँदै हिँडेका बटुवामा होइन, कालापानी लगायतका क्षेत्रमा मिचिएको भूमिमा चाहिएको छ। यो लेख ६ दिन अघि काठमाडौप्रेसमा प्रकाशीत भएको थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे