संविधान संशोधनमा कांग्रेस केन्द्रीय समितिबाट निर्णय गरिने

१२ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन सम्बन्धी विषयका बारेमा निर्णय गर्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले सरकारद्वारा संसदमा प्रस्तुत संविधान संशोधन सम्बन्धी विषयमा आवश्यक निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकले महाकाली पूर्वका लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालीमा नेपालको हक निर्वाध ढंगले स्थापित गर्न सरकारलाई उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्न फेरि माग गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।अब बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लागु गरेको लकडाउनको दुई महिनाको स्थितिका बारेमा समिक्षासँगै सीमाका बारेमा पार्टीको धारणा प्रष्ट पारिने कांग्रेसले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने
  • २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंकले ,ब्याजदर…
  • प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ
  • ८ वर्षदेखि सिंगो गाउँ नै पहिरोको जोखिममा, भुजुंगेका ८ घरपरिवार…
  • अब तेजाब छ्यापे २० वर्षसम्म कैद, अरू सजाय के-के ?
  • १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या