राजाको तस्बिर भएको नोट प्रयोगमा रोक , बैंकले भने लिने

१२ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । आइतबार राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै च्यातिएको, केरमेट भएको नोट चलनचल्तीमा नल्याउन परिपत्र गर्‍यो । सोही व्यवस्थामा राजाको तस्बिर भएको नोट पनि प्रयोगमा रोक लगायो । यस व्यवस्थाले सर्वसाधारणमा आफूसँग भएको नोट चल्ने कि नचल्ने रु भन्ने दुविधा सिर्जना गर्‍यो । राष्ट्र बैंकको परिपत्रमा बैंक तथा वित्तीय संस्थालाई यस्ता नोटलाई पुनः निष्काशनका लागि अयोग्य नोटमा रुपमा वर्गीकरण गरेको छ । यसले जनमानसमा फरक मत सिर्जना गर्‍यो ।

यही विषयलाई स्पष्ट पार्न बाह्रखरीले राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टसँग सम्पर्क गर्दा उनले भने, “राष्ट्र बैंकले त्यसता नोट चलनचल्तीमा नल्याउने व्यवस्था गरिसकेको हो । अहिलेको निर्देशनले सर्वसाधारणबाट आएको नोट बैंकले लिने तर बैंकले सर्वसाधारणलाई नदिन निर्देशन गरेका हौं ।”मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक विश्रुत थापाले भने, “हामीले सर्वसाधारणसँग भएको त्यस्तो नोट बैंकमा ल्याउन आग्रह गरेका हौं । त्यस्तो नोट बैंकमा आएपछि पुनः चलनचल्तीमा नपठाउने हो । सर्वसाधरणमा भएका नोट नचल्ने होइन । मात्र बैंकले लिने र सर्वसाधारणलाई त्यस्तो नोट प्रवाह नगर्ने भनेका हौं ।@bharakhari

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु