पेन्सलभेनिया एनआरएनले दियो नेपालीलाई सहयोग

प्रकाशित मिति:

फिलाडेन्फिया अमेरिका । कोरोना संक्रमणका कारण समस्यामा परेका नेपाली र अमेरिकाबासीहरुलाई पेन्सलभेनिया गैर आवासीय नेपाली संघले राहत वितरण गरेको छ ।

राज्यका विभिन्न स्थानहरुमा चामल, दाल, नुन, चिनी, साबुन, माक्स लगायतका सामाग्री वितरण गरेको संयोजक सुभाष बैठाले बताए ।राहत वितरण कार्यमा सदस्य जय लामा जयन्द्र, नेपाली गुठीका प्रवक्ता डा वर्षा मोक्तान र सदस्य डा केशव भण्डारी लगायतका सहयोगीहरु निक्कै सक्रिय रुपमा लागेका छन् ।