अमेरीकाको मिजोरीको सेन्ट लुइसमा गोलिबारी हुँदा २ जनाको मृत्यु

प्रकाशित मिति:

अमेरीका । अमेरिकाको मिजोरी राज्यको सेन्ट लुइसमा गोलिबारी हुँदा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको प्रहरीले जनाएका छन् । घटना आईतबार मे २४ का दिन भएको हो । प्रहरीका अनुसार एक व्यक्तिलाई उनको कार सवारी साधन भित्र कैयौ चोटी गोली प्रहार गरिएको थियो । उक्त घटना जेफ भ्यानडर लु छिमेकमा भएको हो भने गोली लागेका व्यक्तिको अस्पतालमा मृत्यु भएको सेन्ट लुइस प्रहरीले जनाएका छन् ।यसै गरि अर्को व्यक्तिको हत्या छुट्टै स्थान अर्थात् मुख्य शहर बीचमा भएको र उक्त स्थानमा अर्को एक व्यक्तिको अवस्था गंभिर रहेको छ । प्रहरीले कुनै अतिरिक्त घटना वारेम बिस्तृत जानकारी दिएका छैनन् ।

यसै गरि अर्को स्थानमा गोलीबारी हुँदा मानिसको टाउकोमा गोली हानिएको छ भने उनको अवस्था ठिक रहेको छ । यसै गरि अन्य ४ जना ब्यक्तिहरुले पनि अस्पतालमा उपचार गराएका छन् ।गत शनिबार राती एक घण्टा भित्र पृथक रुपमा गोलीबारी सहित आइतबार सम्म मृत्यु हुनेको संख्या २ पुगेको छ । शहरमा भएका विभिन्न गोलीबारी मध्ये एक तरुणको छातीमा गोली परिचित व्यक्‍ति द्वारा हानिएको प्रहरीले जनाएका छन् । श्रोत : एबिसी न्युज एपी – अमेरीकावाट सन्चालीत ईनेपीलीजमा आज प्रकाशीत