लकडाउनको मौका छोपी रातारात बालुवा तस्कर गर्नेलाई समात्दा सरूवा,मन्त्रीको आदेश नै शिरोधार्य गर्ने डिआईजी साब

प्रकाशित मिति:

प्रकाश अधिकारी तनहु । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक बुद्विप्रसाद सुवेदीलाई ५ महिना नहुदै सरूवा गरिएको छ। तर सरूवा त्यसै भएका होइनन् गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानकाले भन्दा पनि रातको समयमा मर्याङ्दी नदीबाट बालुवा तस्कर गर्नेलाई नछोड्दा निरीक्षक सुवेदीलाई सरूवा गरिएको हो। मन्त्रीको आदेश हुदैमा गण्डकी प्रदेश प्रहरी प्रमुख धनश्याम अर्याल तस्करहरू नियन्त्रण गर्नेलाई यस्ता प्रहरी बुद्धिप्रसाद सुवेदी लाई पुरस्कार दिनुपर्नेमा सरूवा गर्दा कतै गर्व त गरिरहनु भएको छैन। किनकि मैले शक्तिलाई रिजाउदा व्यक्तिगत रूपमा फाइदा हुन्छ भनेर त होइनरु गल्ति गरे तपाईंको संगठनमा नियमकानुन होला तर कसैको आदेशमा तपाईंले राम्रो नराम्रो नबुझी मूल्यांकन नै नगरी सरूवा गर्दा भोलीका दिनमा सत्ताको आडमा हालिमुहाली गरौंला भनेर त होइनरुडिआईजी साब,यस्तै गरि आदेशको पालाना गर्ने हो भने आगामी दिनमा गण्डकी प्रदेशका सबै जिल्लामा तस्करहरूको बिगबिगी फैलदै जाने निश्चित छ। गण्डकी प्रदेश प्रहरी प्रमुखको कमाल्ड समाल्नु भएको एक महिना मात्र भयो। आइतबार निरीक्षक सुवेदीको सरूवा पनि गर्दिनु भयो।आफ्नो क्षेत्र अधिकार भित्रका ११ जिल्लाको अवस्था नबुझि कसैको आदेशमा काम गर्दा तपाईं अडिग क्षमता कमजोर रहको बुझिन्छ की ?

त्यससँगै प्रहरी कस्तो वर्ग र विचारबाट निर्देशित छ भन्ने पनि प्रस्टिन्छ।‘सत्य सेवा सुरक्षणम्’ को नारा बोकेको प्रहरीको यस चरित्रलाई समग्रतामा कसरी बुझ्न मिल्ला रु नाममै सही, मार्क्सवादी सरकार भएका बेला मार्क्सवादी व्याख्या नै बढी काम लाग्ला।आखिर प्रहरी संगठन राज्यको एउटा विस्तारित रूप न हो १ राज्य जसको हातमा छ, प्रहरी तिनकै खल्तीमा हुन्छ भन्ने प्रमाणित गर्ने खोज्नुभएको हो। पूर्वडीआईजी रमेश खरेलले विभिन्न अन्तर्वार्तामा भनेजस्तै, पैसाको सुटकेस मन्त्रीलाई चढाएपछि मात्र ‘चिफ साब’ पाउने भद्दा प्रहरी संगठनबाट जनताले के अपेक्षा गर्न सक्छ रु कुनै प्रहरीले छिमेकमा चारतले घर बनाएर रातो प्लेटको गाडी चढ्न थाल्यो भने पनि सुरक्षाको प्रत्याभूति होइन, भ्रष्टाचारको दुर्गन्धले टोलै ह्वास्स गन्हाउँछ।यथार्थमै ‘प्रहरी मेरो साथी’ सफल बनाउन आगामी प्रहरी नेतृत्वले के गर्छ रु कि पैसाका सुटकेस तयार भइसके, सरहरू रु यी प्रश्न ती सुटकेस लिने नेतागणलाई पनि गर्न सकिन्छ । तर तिनबाट त कुनै अपेक्षै छैन १तपाईंको आगामी दिनहरूको पनि हार्दिक शुभकामना डिआईजी साब  प्रकाश अधिकारी  व्यास,१२ तनहुँ