वर्षा राउतका कारण शिवाकोटीलाई तनाव

१२ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, जेठ १२ । दुई दिनअघि एक अन्तर्वार्ताका क्रममा विवादास्पद अभिव्यक्ति दिएपछि नायिका वर्षा राउत अहिले चर्चामा छिन्। सामाजिक सञ्चालमा वर्ष राउतविरुद्ध नकारात्मक टिकाटिप्पणी भइरहेका छन्।समाजिक सञ्जालमा व्यापक विरोध भएपछि वर्षा राउत तनावमा पनि आइन्। उनले गल्ती स्वीकार गर्दै बोल्दा शब्द चयन गलत भएको भन्दै सामाजिक सञ्जालबाटै माफी मागेकी छिन्।

नायिका वर्ष राउत विवादित बन्दा त्यसको प्रत्यक्ष असर अर्की नायिका वर्षा शिवाकोटीमा परेको छ। नाम र पेसा एउटै भएकाले समाजिक सञ्जालमा वर्षा शिवाकोटीलाई गाली गर्नेहरु पनि थुप्रै देखिएका छन्। सामाजिक सञ्जालमा आफ्ना बारेमा नकारात्मक टिप्पणीले शिवाकोटी पनि तनावमा छिन्।त्यसैले उनले सोमबार दिउँसो नमस्तै गरेको एउटा फोटो पोस्ट गर्दै लेखिन्, ‘नमस्ते म वर्ष शिवाकोटी १ धन्यवाद १’ सँगै उनले कोस्टमा लेखेकी छिन्, ‘मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम र थर हेर्न कस्ट गर्नुहोला।’

यस विषयमा काठमाडौं प्रेसले प्रतिक्रिया लिनखोज्दा वर्ष शिवाकोटीले आफ्नो फेसबुक स्टाटस जस्तै छोटो प्रतियोगिता दिइन्, ‘उता गर्नुपर्ने कमेन्टहरू यता आउन थालेको छ। यसले हल्का तनाव दिएको छ। खासै केही भन्नु छैन।’एक लाइभ अन्तर्वार्तामा वर्ष राउतले ‘देशको माया लाग्छ भन्दैमा, यो त हाम्रै हो भन्दै झगडा गर्ने कुरा होइन, यो त टेवल टक गरेर सुझाल्उन कुरा हो। यहाँ दुवै देशका पत्रकारहरु मिलेर झलडा बढाइरहेका छन्। अहिलेको अवस्थामा मैले भारतीय साथीहरुसँग फेस गर्ने र भारतीय साथीहरुले मसँग कसरी फेस गर्ने भन्ने भइरकेको छ’ भनेकी थिइन्। लगत्तै वर्ष राउतको २९ सेकेन्डको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।@kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने