चीनमा कोरोनाविरुद्धको खोपको पहिलो परीक्षण सफल

१२ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं ११ जेठ । चिनियाँ कम्पनीले विकास गरेको कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोपको परीक्षण नतिजा सकारात्मक आएको छ । शुक्रबार विज्ञान शोध पत्रिका लेन्सेन्टमा प्रकाशित नतिजा अनुसार चिनियाँ कम्पनीले बनाएको यो खोपको मानव परीक्षणको पहिलो चरणको नतिजा सकारात्मक देखिएको हो । यो परीक्षण १ सय ८ जनामा गरिएको थियो । पहिलो चरणमा २८ दिनसम्म उनीहरुमा यो खोपको प्रभाव अनुसन्धान गरिएको हो । परीक्षणको क्रममा यो खोप सुरक्षित र मानिसमा कोरोना भाइरसविरुद्ध लड्न प्रतिरोधी क्षमता विकास गर्नसक्ने पाइएको थियो । यो परीक्षणको क्रममा कुनै किसिमको गम्भीर प्रतिक्रिया नपाइएको बताइएको छ ।

यो खोप लिएको दुई सातापछि मानिसहरुमा कोरोना भाइरसविरुद्धको एन्टिबडी विकास हुन थालेको थियो । त्यसपछि निरन्तर मानिसमा कोरोना भाइरसको एन्टिबडी विकास भएको थियो । लेन्सेन्टका अनुसार यो अध्ययनले अर्को चरणको परीक्षणको अनुमति पाएको छ । यो खोपको दोस्रो चरणको परीक्षण ५ सय ८ जनामा हुनेछ । खोप चीनका विभिन्न प्रयोगशालामा कार्यरत शोधकर्ताहरुले निर्माण गरेका हुन् । यसको नेतृत्व एकेडेमी अफ अफ मिलिट्री मेडिकल साइन्सका प्राध्यापक तथा चाइनिज एकेडेमी अफ इन्जिनियरिङका एक सदस्यसमेत रहेका चेन वेईले गरेका थिए । स्रोत : सीजीटीएन अनलाईनखवरमा प्रकाशीत 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • संस्थापक अध्यक्ष अवार्ड–२०२० बाट पत्रकार गुप्ता सम्मानित
  • देश कसरी जोगाउने भन्नेमा चिन्तित छु : पुर्वराजा शाह
  • ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी
  • ७२ वर्षीया वृद्धा लक्ष्मी सुवेदीको खोजी गरिदिन परिवारको अनुरोध
  • राष्ट्रपति भण्डारीद्धारा २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना…
  • ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने डेमोक्र्याटहरूको तयारी
  • मलाई कसैले चाहँदैमा पदबाट हटाउन सकेन त्यही हो स्थिरता :…
  • समाजिक संस्थाहरु स्थापना गर्ने अगुवा सूर्य ज्योती यूवा क्लव ओझेलवाट…
  • हरिनासमा आमा समुहको नवनिर्मित भवनको उद्घाटन
  • सुख्खानगर निवासी लक्ष्मी चारदिनदेखि बेपत्ता,खाेजी गरिदिन परिवारको अपिल