तिनै तहका सरकारसँग संवाद प्रभावकारी स्वास्थ्य संरचना बनाउने प्रदेश सरकारको प्रतिवद्धता

प्रकाशित मिति:

बुटवल,जेठ १२ गते– कोरोनाको ईपिसेन्टर बनेको बाँकेको नरैनापुरमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखेर आवश्यक स्वास्थ्य संरचना निमार्णको कार्यलाई तदारुकता दिइने भएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले स्थानिय आवश्यक्ता र माग अनुसार नै स्वास्थ्य संस्थाको स्तरोन्न्ती र आवश्यक जनशक्ति परिचालन लगायतका विषयलाई टुंगोमा पु¥याउन लागिएको बताउनु भयो । संवाद समूहले गरेको सरोकारवाला निकायहरुको सभागिताको भर्चुवल वैठकपछि मन्त्री बरालले नरैनापुरका नागरिकहरुले अनुभुती हुने गरि स्वास्थ्य संस्था स्थापनाको कार्य अघि बढाईने प्रतिवद्धता जनाउनु भयो । तिनै तहका सरकारबीच प्रयाप्त समन्वय र सहकार्य नभइरहेको गुनासो आइरहेका बेला संवाद समूह, बाँकेको संयोजनमा स्थानीय सरकार, स्थानीय प्रशासन, जनप्रतिनीधी र प्रदेश सरकारको प्रतिनिधित्व हुने गरि अनलाइर्न सम्वाद वैठकको समन्वय गरिएको थियो । कोरोना संक्रमणको भयावह स्थीती आउन सक्ने भन्दै सामाजिक विकास मन्त्री बरालले प्रदेश सरकारले नरैनापुरस्थित स्वास्थ्य केन्द्रको स्तरोन्नतीका लागि सम्पूर्ण तयारी शुरु गरिसकिएको स्पष्ट पार्नु भयो ।

संक्रमीत संख्या बढीरहेको स्थितीमा अनेकन अफवाह फैलाएर उपचारमा पनि समस्या सिर्जना गर्न थालीएपछि नरैनापुर गाउँपालिकाले स्वाथ्यविज्ञ र सुरक्षाकर्मीसहितको याचना गरेको थियो । छलफलमा सहभागि सोही क्षेत्रको प्रतिनीधित्व गर्नु हुने प्रदेश सभा सदस्य कृष्णा केसीले नरैनापुरलगायतको स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि सबै तहका सकारकारको ध्यानाकर्षण गराइए पनि समयमा सुनुवाई नभएको गुनासो गर्नु भयो । उहाँले आइसोलेशनसहितको सामुदायिक अष्पताल सञ्चालन, क्वारेन्टाइन व्यवस्थापन र स्वास्थ्यविज्ञसहितको टीम परिचालनको आवश्यक्ता औल्याउनु भयो । त्यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले शान्ति सुरक्षा प्रत्याभुतीका लागि सम्पूर्ण पहल गरिसकिएको भन्दै जनप्रतिनिधिहरुले पनि आवश्यक सहजीकरण गरिदिनु पर्ने बताउनु भयो । सरकारका निर्देशनहरु पालनामा सबै पक्षको उत्तिकै जिम्मेवारी रहेको उहाँको भनाई थियो ।

छलफलमा सहभागि नरैनापुर गाउँपालिकाका अध्यक्ष मो ईस्तियाक अहमद शाहले स्थानीय सरकारको एकल पहलले स्थिति नियन्त्रण लिन सक्ने अवस्था नरहेकाले चिकित्सकसहितको प्रभावकारी स्वास्थ्य उपचार र शान्ति सुरक्षाको व्यवस्था गरिदिन माग गर्नु भयो । संघ र प्रदेश सरकारसँग पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो गर्दै उहाँले नरैनापुरलाई उपेक्षा गरिएको पनि जीकीर गर्नु भयो ।त्यस्तै सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले चेतानास्तर कमीकै कारण उपचार गर्न बाहिर जान नमान्ने अवस्था आएको भन्दै आर्थिक, स्वास्थ्य र सुरक्षा जस्ता सवालमा सरकारको सहयोग आवश्यक रहेको बताउनु भयो । संवाद समूह, रुपन्देहीका सहजकर्ता बिक्रम खड्काले सहजीकरण गर्नु भएको अन्तरक्रियात्मक सम्वादमा बाँके सहजकर्ता शुक्रक्रषि चौलागाई, सहसहजकर्ता मकवुल मुकेरी, संवाद व्यवस्थापक चन्द्र चौधरी लगायतको पनि सहभागीता रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार– बाँकेमा कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ भने एक सय ४६ जना संक्रमीत रहेका छन् । जस मध्ये एक सय १३ जना नरैनापुर क्षेत्रका मात्र छन् । जिल्लाका २१ जना उपचार पछि घर फर्कीसकेका छन् । ६४ वटा क्वारेन्टाइनमा अझैं एक हजार नौ सय ६४ जना बसीरहेका छन् ।