कार्कीलाई हामी नेपाली ग्लोबल हिरो अवार्ड

१२ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
289 Shares


क्यानडा । समाज सेवा तथा परोपकारी कार्यमा सकृय बसन्त कार्कीलाई हामी नेपाली ग्लोबल अमेरिकाले हिरो अवार्डले सम्मान गरेको छ । कोरोना भाइरस रोकथाम नियन्त्रण तथा नेपालीको सेवामा योगदान गरेकालाई प्रदान गरिने उक्त अवार्ड कार्कीलाई प्रदान गरिएको हो ।बसन्तले कोरोना भाइरस सँग सम्बन्धित रहेर माउन्ट एभरेस्ट टेलिभिजन मार्फत क्यानडा बाट नेपाली ग्लोबल बहस संचालन गर्दै आएका छन । यस्तै नेपाल होस या क्यानाडामा होस परोपकारि कार्यमा सहयोग गर्न कार्की क्रियाशील रहदै आएका छन ।उनको बहस कार्यक्रममा नेपालीको राहत तथा उद्दारमा केन्द्रित रहदै आएको छ ।

नेपालको कास्की पोखरा घर भएका बसन्त विगत चार बर्ष देखि क्यानडामा बसोबास गर्छन् ।कार्कीले संचालन गर्दै आएको बहस कार्यक्रम तत्काललाई कोरोना भाइरस सँग सम्बन्धित रहेपनि महामारी अन्त्य भएपछि अरु बिषयमा पनि बहस हुने छ । सामाजिक अभियान्ता तथा क्यानडाका नेपाली समुदायका युवा लिडर कार्कीले सुरु गरेको यो नेपाली बहस लोकप्रिय बन्दै गएको छ ।नेपाली संघ संस्थाहरु तथा राजनितिक पाटीका अन्तर्राष्ट्रिय भातृसंगठनहरुका लिडरहरु सग छलफल तथा बहस गरिसकेका छन् । बसह अत्यन्तै सान्दर्भिक भएपछि यसको लोकप्रियता पनि विस्तारै बढदै गएको हो ।

बहसमा विदेशका बिभिन्न देशहरुमा कार्यरत नेपाली डाक्टरहरुलाई पनि समाबेश गरिन्छ । बहसमा जोडिएका ब्यक्तिहरु विचमा कुन देशमा के भैरहेको छ रु यो बिषयमा पनि अतिथिहरु विच गहन छलफल हुने र निष्र्कष समेत निकाल्ने गरिन्छ ।विदेश भर सबै भन्दा धेरै पहुच बनाएको गैर आवासिय नेपाली संघ एनआएरएन का नेतृत्वहरुलाई समेत घचघच्याउने गरिन्छ ।यसका अलवा कार्की बिपि अध्ययन प्रतिष्ठान क्यानडाको अध्यक्ष ,जनसम्पर्क समिति क्यानडाको महामन्त्री लगाएत थुप्रै संघसंस्था सँग आबद्ध छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया