इन्डोनेसियामा अलपत्र नेपाली विद्यार्थीलाई भारतले गर्‍यो उद्धार

१२ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
72 Shares


१२ जेठ, काठमाडौं । इन्डोनेसियामा अलपत्र परेकी एक नेपाली विद्यार्थीलाई भारतले उद्धार गरेको छ । रत्ननगर–९ चितवनकी शेभिका ढकाललाई भारतले उद्धार गरेको हो । भारतले इन्डोनेसियामा रहेका आफ्ना नागरिकहरूलाई उद्धार गर्ने क्रममा ढकाललाई पनि उद्धार गरेको हो। यो कुरा इन्डोनेसियास्थित भारतीय दूतावासले ट्विट गरेर जानकारी दिएको छ ।

ट्विटरमा पोष्ट गरिएको एक भिडियोमा ढकालले आफू भारतको महाऋषि मार्कण्डेय विश्वविद्यालय हरियाणामा बीबीए अध्ययन गर्न आएको र इन्डोनेसियाको विश्वविद्यालयसँग आफूले पढिरहेको विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान कार्यक्रम भएअनुसार आफू इन्डोनेसिया आएको बताएकी छन् ।उनले आफूलाई उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध गरेको र नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरेकाले आफू इन्डोनेसियाबाट फर्किन पाएको बताएकी छन् ।उनले आफ्नो उद्धार गरिदिएको भन्दै नेपाल र भारत दुवै सरकारलाई धन्यवाद दिएकी छिन् ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आईपीएल २०२० : राजस्थान राेयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै
  • त्रिविबाट नेविसंघ कार्यकर्ता पक्राउ
  • गुल्मीको राताडांडामा पहीरो जादा २ जना बेपत्ता
  • आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न नदिने सरकारको निर्णय
  • भोलिदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालन गर्ने
  • नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
  • निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण सुरु
  • आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता…
  • समृद्धि फाइनान्सको २००% हकप्रद असोज १६ बाट निष्कासन हुने, कहिलेसम्मका…
  • सहकारीमा पनि घट्ने भयो ब्याजदर, यस्तो छ नयाँ व्यवस्था