जनसंख्याको दुई प्रतिशत कोरोना परीक्षण हुन्छ : प्रधानमन्त्री

प्रकाशित मिति:

काठमाडौं, जेठ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने बताएका छन्।

उनले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै विज्ञहरुको सुझाव अनुसार कुल जनसंख्याको २ प्रतिशतको कोरोना परीक्षण गरिने बताएका हुन्।नेपालको कुल जनसंख्या ३ करोड हो। दुई प्रतिशतको गर्दा ६ लाखको कोरोना परीक्षण गर्न आवश्यक छ।