एकै परिवारका १८ जनाले जिते कोरोना, निको हुनेको संख्या १०५ पुग्यो

१२ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्तपालतमा कोरोना भाइरसको संक्रमणपछि उपचाररत १८ जना निको भएर डिस्चार्ज भएका छन्। उनीहरु १८ जना नै एकै परिवारका हुन्। यी मध्ये ७ जना महिला छन् भने ११ जना पुरुष रहेको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए। संक्रमण मुक्त भएपछि आइतबार १८ जनालाई डिस्चार्ज गरिएको छ, अस्पतालका मेसु उपाध्यायले भने, ुउनीहरू सबै एकै परिवारका हुन्। उनीहरूको घर वीरगञ्जकै छपकैयामा छ। उनीहरूलाई अस्पतालकै व्यवस्थापनमा घर पुर्‍याइएको छ।ु

उनका अनुसार दुई पटकको पिसिआर परीक्षणमा नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो। उनीहरू बैसाख २१ गते अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए। पर्सामा हालसम्म ९४ जना संक्रमण देखिएको छ भने २७ जना डिस्चार्ज भएका छन्। यसअघि शनिबार मात्रै ७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका थिए। योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ सय ५ पुगेको छ। शुक्रबार मात्रै बाँकेका २१ जना एकैपटक संक्रमणमुक्त भएर घर फर्किएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया