फर्किएका परिक्षण ४८५ जनाको मात्र

१२ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


अराज बेल्बासे जेठ १२ अर्घाखाँची  अर्घाखाँचीमा अहिले सम्म १९ सय बढी अहिले भारत बाट आएका क्वारेन्टिनमा रहेका छन । जिल्ला भरमा अहिले सम्म २२१ जनाको पिसिआर परिक्षण भएको छ भने २६४ जनाको आरडिटि परिक्षण भएको छ ।  शितगंगा नगरपालिकामा करिव ५० वटा बिद्यालयमा ८०० सैयाको क्वारेन्टिन निमार्ण गरिएका छन शितगंगा नगरपालिकामा ६५० जना बिभिन्न क्वारेन्टिनमा रहेका छन शितगंगामा अहिले सम्म ६० जनाको परिक्षण पछि घर पर्किएका छन ।  पाणेनी गाउँपालिकामा सबै ठाउमा गरी १५०० शैयाको क्वारेन्टिन निर्माण भएको छ । भारत बाट आएका १२५ जना क्वारेन्टिनमा रहेका छन् । अहिले सम्म सबैगरी पिसिआर परिक्षण ८ जना ,आरडिटि परिक्षण १२ जनाको गरीएको र सबैको रीपोर्ट नेगेटिभ आएको परिक्षण गरेकाहरु २० जना लाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको छ । अब भारत बाट आउने क्रममा १००० जति रहेको र उनिहरु सबैलाई ल्याउने पहल गरीएको पाणिनी गाउपालिकाका अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभयो । यस्तै मलारानी गाउँपालिकामा मा सबै ठाउमा गरी ४०० शैयाको क्वारेन्टिन निर्माण भएको छ । भारत बाट आएका ४०० जना क्वारेन्टिनमा रहेका छन । अहिले सम्म सबैगरी पिसिआर परिक्षण ९३ जना ,आरडिटि परिक्षण ४२ जनाको गरीएको र सबैको रीपोर्ट कोरोना नेगेटिभ आएको परिक्षण गरेकाहरु सबैलाइ घर पठाइएका छ। भारत तथा अन्य जिल्ला बाट आएका ५०० जना जतिलाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको छ ।

अब भारत बाट आउने एक हप्ता मा ७५० जना लाई ल्याउने तयारी रहेको छ अन्य ६००० जति गाउपालिकाका बाहिर रहेको ल्याउने पहल गरीएको मालारानि गाउपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले जानकारी दिनुभयो ।छत्रदेब गाउँपालिकामा एउटा वडा मा ५० शैयाका दरले सबै गरी ४०० शैयाको क्वारेन्टिन निर्माण भएको छ । भारत बाट आएका १२१ जना क्वारेन्टिनमा रहेका छन् । अहिले सम्म सबैगरी पिसिआर परिक्षण ११ जना गरीएको गरिएको र सबैको रीपोर्ट नेगेटिभ आएको छ ।परिक्षण गरेकाहरु सबैलाइ घर पठाइएको छ। भारत तथा अन्य जिल्ला बाट आएका ४६ जनालाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयो । भुमिकास्थान नगरपालिकामा रहेका सम्पुर्ण बिद्यालयमा क्वारेन्टिन निर्माण गरीने निर्णय भएको छ। भारत बाट आएका ४१० जना क्वारेन्टिनमा रहेका छन् । भारत तथा नेपालको बिभिन्न स्थानबाट आउनेको संख्या ९०० जना रहेका छन् । अहिले सम्म सबैगरी भारत तथा अन्य जिल्लाबाट आएकाको पिसिआर परिक्षण ७ जना ,आरडिटि परिक्षण १५० जनाको गरीएको र सबैको रीपोर्ट नेगेटिभ आएको छ परिक्षण गरेकाहरु सबैलाइ घर पठाइएका छ । भारत तथा अन्य जिल्ला बाट आएका १२० जना जतिलाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको छ । भारतमा भुमिकास्थान नगरपालिकाका ३१८४ जना रहेको र तेश्रो मुलुकमा २२०० जना रहेका छन् उनिहरु सबैलाई ल्याउने पहल गरीएको भुमीकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले जानकारी दिनुभयो ।

सन्धीखर्क नगरपालिकामा सबै वडा गरी ३३२ शैयाको क्वारेन्टिन निर्माण भएको छ र आवश्यक्ता अनुसार क्वारेन्टिनको दर बढाउदै लगिने सन्धीखर्क नगरपालिका नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो । भारत बाट आएका २०० जना क्वारेन्टिनमा रहेका छन । अहिले सम्म सबैगरी पिसिआर परिक्षण ९२ जनाको ,आरडिटि परिक्षण २० जनाको गरीएको र सबैको रीपोर्ट कोरोना नेगेटिभ आएको परिक्षण गरेकाहरु सबैलाइ घर पठाइएका छ। भारत तथा अन्य जिल्ला बाट आएका ६२ जना जतिलाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको छ । भारत बाट आउने क्रमभने जारी रहेका नगर प्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयोवडा कार्यालय बाट फौजी किराको बिषादी बितरण  शिततगंगा नगरपालिका ६ मा फौजी किरा नियन्त्रणको लागी कृत्रिम बिषदी वडाबाछ बितरण गरिएको छ अर्घाखाँची परियोजना अन्तर्गत हरियाली सस्थाको पहलमा सितगगा नगरपालिकाको वडा नम्बर ५ र६ मा मकैबालीमा लागेको फौजी किराको मारमा परेका किसानलाई जैविक बिषादी किसानहरुका लागि बितरण गरिएको हो । वाड कार्यलयको सहकार्यमा आज किसानहरु लाई बिषादी निसुल्क बितरन गरिएको हाम्रा सहकर्मी कान्ता बिश्वकर्माले जानकारी दिनु भयो । शितगंगा नगरपालिकाका बिभिन्न वडाहरुमा फैजीकिरादे मकैबाली नस्ट पारे पछि वडा नम्बर ५ र ६ ले पनि किरा मार्ने बिषधी बितरण गरेका हुन । पौजीकिराले अहिले मकैबालीमा नोक्सानी गर्न थाले पछि किसानहरु चिन्तीत भएका छन

शितगंगा नगरपालिकामा ६०० जना भन्दा बढी क्वारेन्टिनमा थपिने क्रम जारी  शितगंगा नगरपालिकामा लकडाउनको समयमा भारत बाट आउनेको सख्यामा वृद्धि हुँदै गएको छ । नगरपालिकाका १४ वडामै भारत बाट आउनेहरु बढ्दै गए पछि ब्यवस्थापनमा समेत नगरपालिकालाई चुनौती थपिएको छ । शितगंगा नगरपालिकामा ६५० जना बिभिन्न क्वारेन्टिनमा बसेका छन करिव ५० वटा बिभिन्न बिद्यालयहरु यति बेला क्वारेन्टिनको रुपमा प्रयोग भएरहेका छन । वडा नम्बर १ मा अहिले ६० जना क्वारेन्टिनमा रहेका छा त्यहा अझै २५ जना आज राति नै आउने वडा अध्यक्ष बुद्धि कृष्ण पौडेलले जानकारी दिनु भयो , यस्तै वडा नम्बर २ मा १०५ जना अहिले क्वारेन्टिनमा रहेका छन उनिहरुलाइ स्वास्था सामाग्री समेत बितरण भएको हाम्रा सहकर्मी झनक केसीले जानकारी दिनुभयो । यस्तै वडा नम्बर ३ मा भारत बाट आएका २४ जना क्वारेन्टिनमा रहेका छन । वडा नम्बर ३ मा रहेका क्वारेन्टिनमा बिद्यालयका शिक्षकहरु रेखदेखको लागि खटाइएको वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिनुभयो । वडा नम्बर ४ मा १९ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन थ्योती माबि बबोर्टमा ७ जना रहेको र उनिहरुको रिर्पोट आज भोलीमा आउने वडा अध्यक्ष दामोदर अधिकारीले जानकारी दिनुभयो साथै स्वास्थ समाग्री कमी रहेकोले भोली बाट त्यो समस्या समेत नहुने वडा अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।

यस्तै वडा नम्बर ५ मा ४२ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन सबै जना भारत बाट आएका हरु त्यहाका बिभिन्न बिद्यालयमा रहेका हुन । यस्तै वडा नम्बर ६ मा ७८ जना क्वारेन्टिनमा रहेका छन बिभिन्न ७ वटा बिद्यालयमा बनाइएको क्वारेन्टिनमा ७८ जना रहेको वडा अध्यक्ष ऋषि रेस्मीले जानकारी दिनु भयो । त्यहा रहेका सबै जनालाई आज स्वास्थ सामाग्री ,साबुन कोल्गेट लगायतका सामाग्री बितरण समेत गरेका रेस्मीले जानकारी दिनु भयो ।यस्तै वडा नम्बर ७ मा ६० जना क्वारेन्टिनमा रहेका छन भारतबाट २५ जना सिमा क्षेत्रबाट भोली सम्ममा आउने तयारीमा रहेको वडा अध्यक्ष मोहन पन्थीले जानकारी दिनु भयो । । वडा नम्बर ८ का वडा अध्यक्ष रुकेस आले सिमानामै पुगेर स्थानियको उद्धारमा खट्नु भएको छ त्यँहा अहिले सम्म १६ जना बिभिन्न क्वारेन्टिनमा रहेका वडा अध्यक्ष आलेले जानकारी दिनुभयो । यस्तै वडा नम्बर १० मा २४ जना रहेको वडा अध्यक्ष हिम्मत पोख्रेलले जानकारी दिनु भयो ।

त्यहा रहेका हरुका लागि बिभिन्न स्वास्थ सामाग्री अपुग रहेकोले त्यसको ब्यवस्थापनमा जुटेको वडाअध्यक्ष पोख्रेलले जानकारी दिनु भयो । यस्तै वडा नम्बर ११ मा ४१ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन बिभिन्न ३ वटा बिद्यालयमा रहेका क्वारेन्टिनमा ४१ जना रहेको र आउने क्रम समेत जारी रहेको वडा अध्यक्ष कपिल आलेले जानकारी दिनु भयो ।यस्तै वडा नम्बर १२ मा ५२ जना बिभिन्न क्वारेन्टिनमा रहेका वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिनुभयो । यस्तै वडा नम्बर १४ मा बिभिन्न ७ वटा बिद्यालयमा ९० जना क्वारेन्टिनमा रहेका वडा अध्यक्ष दामोदर न्यौपानेले जानकारी दिनु भयो । क्वारेन्टिनमा बस्नेहरुको सख्या बढे सँगै ब्यवस्थापन समेत फितलो भएको छ । धेरै क्वारेन्टिनहरुमा रेखदेख गर्ने कोही छैन । बिहान बेलुका नगरपालिकाले खानाको ब्यवस्था गरेको छ घरबाटै खानेहरुलाई समेत दिनको १६० रुपिया मात्र नगरपालिकाले प्रदान गर्ने छ भने अन्य सबै ब्यवस्थापन आफै गर्नु पर्ने अबस्था छ । क्वारेन्टिनमा बस्नेहरुमा नास्ता तथा खानेपानीको समस्या भएको छ भने ट्वाइलेट तथा साबुन हरु एउटै प्रयोग गर्न बाध्य भएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङका दुग्ध संकलन केन्द्रमा नै पुगेर पशुहरुको स्वास्थ्य परिक्षण
  • बाढीप्रभावितलाई क्षतिपूर्ति र नदी नियन्त्रण गर्न नेकपा तिलोत्तमाको आग्रह
  •   वालिङमा आइसोलेसनमा रहेका पुरुषको निधन
  • आँधीखोला लघुवित्तका संचालक र कर्मचारी विच अन्तरक्रिया
  • तरुण दल प्रगतीनगरमा नेतृत्व चयन
  • उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न बुटवल उद्योग बाणिज्य संघको आग्रह
  • देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो, आज थपिए…
  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।