लामो समय बस्दा पनि स्वास्थ्य परिक्षण नभएको क्वारेन्टाइनमा बसेकाहरुको गुनासो

१२ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल, पश्चिम नवलपरासीमा क्वारेन्टाइनमा बसेकाहरुको कोरोना परिक्षणका लागी भिटिएम अभाव भएपछी स्वाब संकलनमा ढिलाई हुनुका साथै कोरोना परिक्षण समेत प्रभावित भएको छ । विगत केही दिनदेखी भारतबाट नेपाल तर्फ आउने नेपालीहरुको संख्यामा उल्लेख्य बृद्धी हुदै गएपछी पश्चिम नवलपरासीका सात वटै स्थानिय तहहरुमा निर्माण गरिएका क्वारेन्टाइनहरुमा चाप बढेको छ । जिल्लाको पछिल्लो तथ्यांक अनुसार एक हजार भन्दा बढी मानिसहरु सात वटा स्थासिनय तहका क्वारेन्टाइनमा रहेका छन । क्वारेन्टाइनमा बस्नेहरुको चाप दिन प्रतिदिन बढ्दै गएपनि क्वारेन्टाइन अवधि पुरा भएकाहरुलाई पीसिआर परिक्षण गरि नतिजा आएपछी मात्र घर पठाउनुनपर्ने भएतापनि जिल्लामा किट अभावका कारण सो परिक्षण गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गौरब ढकालले जानकारी दिनुभएको छ । जिल्लामा हाल सम्म ९ सय ५० जनाको कोरोना परिक्षण भएकामध्य आरडिटि विधिबाट ३ सय ५८ र पिसिआर विधिबाट ५ सय ९२ जनाको परिक्षण भएकोमा जिल्लामा पाँच जनाको पिसिआर रिर्पोट पोजेटि देखिएकोले उनिहरुमा कोरोना सक्रमण पुष्टी भई उनिहरुको उपचार भइरहेको र स्वस्थ्य अवस्था सामान्य रहेको छ ।

पछिल्लो समय भारत बाट नेपाल भित्रिनेहरुको अत्यधिक सख्या रहेको र स्थानिय सरकारको पहलमा भारतबाट भित्रिएका नेपालीहरुलाई सम्बन्धीत पालिकाको सिधै क्वारेन्टाइन पठाउने गरिएको पालिका प्रमुखहरुले बताएका छन । यता पालिकामा रहेका क्वारेन्टाइनहरुमा बस्नेहरुले क्वारेन्टाइनको ब्यवस्था राम्रो नभएको र आफहुरुलाई स्वास्थ्यकर्मीहरुले समेत ध्यान नदिएको आरोप लगाएका छन । यसैबीच, बर्दघाट नगरपालिकाले नगरका १६ वटै वडामा निर्माण गरेको क्वारेन्टाइनमा रहेकाहरुले आफ्नै घरबाट खाना खाई क्वारेन्टाइनमा बस्न बाध्य भएको बताएका छन । उनिहरुले आफुहरुलाई स्थानिय जनप्रतिनिधि, स्वास्थ्यकर्मी कसैले पनि चासो नदिएको आरोप लगाएका छन भने उक्त क्वारेन्टाइनको आसपासमा रहेका स्थानिय बासीहरुले क्वारेन्टाइनमा बस्नेहरुलाई आफ्नै घरबाट खाना ल्याई खुवाउदा उनका परिवारहरुले सावधानी नअपनाएको र एउटै मोबाइल लागएत अन्य समानहरु क्वारेन्टाइनमा बसेकाहरु र खाना पुर्याउन जानेहरुले समेत प्रयोग गर्दै आउदा जोखिम बढ्न सक्ने भन्दै आतकिंत भएका छन ।

साथै क्वारेन्टाइनमा बस्नेहरुले आफु लामो समय सम्म बस्दा पनि अहिले सम्म स्वास्थ्य परिक्षण नभएको र नया आउनेलाई समेत एउटै ठाउमा राख्दा आफुहरुमा समेत जोखिम बढेको उनिहरुले गुनासो गर्दै आफुहरुको छिटो भन्दा छिटो स्वास्थ्य परिक्षण गर्न र नयाँ आएकाहरुको अल्लगै कोठामा ब्यवस्थानपन गर्न माग समेत गरेका छन । यसै विषयमा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले नगरको अवस्था र क्वारेन्टाइनको ब्यवस्थापन सम्बन्धी जानकारी गराउदै नगरका सबै वडाहरुमा क्वारेन्टाइन निर्माण गरिएको र आज सम्म नगरमा ६३ जना क्वारेन्टाइनमा रहेको बताउनुभएको छ । साथै उहाँले जिल्लामा किट अभावका कारण क्वारेन्टाइनमा बसेकाहरुको परिक्षणमा ढिलाई भएको स्वीकार्दै जिल्ला र प्रदेशको समन्वयमा जेठ १४ गते सबैको कोरोनाको परिक्षण गरिने जानकारी दिनुभएको छ । नगर प्रमुख बस्यालले हाल सम्म नगरको विपत ब्यवस्थापन कोषमा नगरबाट रकमान्तर गरि सो कोषमा ६० लाख, प्रदेश सरकारबाट १५ लाख र स्थानिय जनप्रपिनतिधि, कर्मचारी, समाजसेवी, संघ सस्था लागएतको सहयोगबाट ४० लाख गरि १ करोड १५ लाख भन्दा बढी रकम र केहि खाद्यान्न समेत संकलन भएको र सो रकम नेपाल सरकारको खरिद एैन अन्र्तगत रही क्वारैन्टाइनहरुको ब्यवस्थापन, राहत वितरण लगाएत कोरोना विरुद्ध अभियानमा खर्चिने बताउनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया