कर्फ्यु उल्लंघन गरेका पछी अस्ट्रियाका राष्ट्रपतिले माफी मागे

१२ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


अस्ट्रिया । नोभेल कोरोना भाइरसका लागि जारी गरिएको कर्फ्यु उल्लंघन गरेका अस्ट्रियाका राष्ट्रपति एलेक्जेन्डर भान डेर बेलेनले माफी मागेका छन् ।एएफपीका अनुसार अस्ट्रियन सरकारले जारी गरेको कर्फ्यु लागु हुने समयमा उनी शनिबार राति ११ बजेसम्म रेस्टुरेन्टमै थिए ।म लकडाउन घोषणापछि पहिलो पटक मेरो श्रीमती र दुई साथीसँग रेस्टुरेन्ट गएको थिएँ,

उनले ट्विटरमा लेखेका छन्, त्यहाँ बसेर साथीसँग गफ गर्दैगर्दा लामो समय बितेछ । म वास्तवमै माफी चाहन्छु । मबाट गल्ती भयो ।अस्ट्रियामा १५ मेदेखि रेस्टुरेन्ट खुला गरिएका छन् । तर, राति ११ बजे रेस्टुरेन्ट बन्द भइसक्नुपर्छ भने सामाजिक दूरीको नियम मान्‍नुपर्ने प्रावधान छ ।राष्ट्रपति बसेको रेस्टुरेन्टलाई कर्फ्यु उल्लंघन गरेको भन्दै जरिवाना गराइनसक्छ । राष्ट्रपतिले उक्त रेस्टुरेन्टले कर्फ्यु उल्लंघन गरेकोमा केही जरिवाना तिर्नुपरेमा आफू जिम्मेवारी लिने बताएका छन् । : सीएनएन – वाह्रखरीमा प्रकाशीत

फेसबुकबाट तपाईको प्रतिक्रिया