नारायणकाजीले एक बर्षको भत्ता नलिने

प्रकाशित मिति:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षसम्म बैठक भत्ता नदिने घोषणा गरेका छन् । नेकपा प्रवक्तासमेत रहेका श्रेष्ठले कोभिड–१९ बाट देशको सबै क्षेत्र प्रभावित भएको र यसले आगामी आर्थिक वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौती सामना गर्नुपर्ने बताएका छन् । तर यो स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निमार्णको अवसर बन्नसक्ने भन्दै उनले सोमबार साँझ ट्वीटरमा भनेका छन्, यसका लागि दृढ संकल्पको खाँचो छ ।

सार्वजनिक खर्चमा कटौती, मितव्ययिता, चुहावट र भ्रष्टाचार नियन्त्रण, प्राथमिकताको निर्धार र पूँजीगत खर्च कार्यान्वयन क्षमता बृछि जरुरी छ ।’आफूले एक वर्षसम्म राष्टियसभा र समिति बैटक भत्ता नलिने घोषणा गर्दै नेता श्रेष्ठले यसबारे सोच्न संघ र प्रदेशका सांसदहरुलाई आग्रह गरेका छन् । उनले आगामी वर्षका लागि सांसद विकास कोष खारेज गरेर यो रकम रोजगारी केन्द्रित राष्टिय योजनामा लगाउन समेत माग गरेका छन् ।@radio nrn