रुकुम घटनाको छानवीन गर्न समाजवादीको माग

१३ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


१२ जेठ,बुटवल । अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर रुकुम पश्चिममा हत्या गरिएका जाजरकोटका दलित युवकलाई सांस्कृतिक शहीद घोषणा गर्न समाजवादी पार्टी प्रदेश ५ समितिले माग गरेको छ । मुलुक छुवाछुत मुक्त र धर्म निरपेक्ष राष्ट्र घोषणा भई संवैधानिक र कानूनी सजांयको व्यवस्था समेत भएको अवस्थामा अन्तरजातीय प्रेम सम्बन्ध अस्वीकार गरी दलित युवकको हत्या गर्नु कानूनको ठाडो उल्लंघन र मानव सभ्यताको उपहास भएको भन्दै घटनाको छानवीन गर्न र मृतक युवकलाई सांस्कृतिक रुपान्तरण अभियानका शहीद घोषणा गर्न समाजवादी पार्टीले माग गरेको छ । समाजवादी पार्टीका प्रदेश ५ अध्यक्ष अशोककुमार यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घटनामा संलग्नलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

उक्त घटनालाई जातीय साम्प्रदायिकता भड्काएर सामाजिक सद्भाव खल्बाउने आपराधिक कार्य भएको समाजवादी पार्टीले ठहर गरेको छ । अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको दुर्घटनामा दुई युवाको ज्यान गएको छ भने अन्य चार जना बेपत्ता भएका छन् । ज्यान गुमाउनेमा जाजरकोट भेरी नगरपालिका नवराज विक र चौरजहारी नगरपालिकाका टीकाराम सुनार हुन् । अन्य चार बेपत्ता भएका छन् । जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक र रुकुम चौरजहारी नगरपालिका ८ सोती गाउँकी एक मल्ल थरकी किशोरीबीच प्रेम सम्बन्ध थियो । विकले गाउंबाट साथीहरु ल्याएर प्रेमिका भगाउन खोजेपछि किशोरीको गाउंका मान्छेले लखेट्ने क्रममा दुई युवकको ज्यान गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • हरिनासमा आमा समुहको नवनिर्मित भवनको उद्घाटन
  • सुख्खानगर निवासी लक्ष्मी चारदिनदेखि बेपत्ता,खाेजी गरिदिन परिवारको अपिल
  • प्रधानमन्त्रि ओलीबाट देश र समाजको परिवर्तन सम्भव छैन :नेपाल
  • प्रधानमन्त्री कप क्रिकेट छनौटमा नवलपरासी र दाङ विजयी
  • पृथ्वी जयन्तीमा बुटवलमा बृहत्त र्याली हुने,राष्ट्रिय पर्वको रुपमा मनाउन आग्रह
  • मुक्तिनाथ लायन्स क्लब द्वारा विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग
  • प्रगतिनगर सामुदायिक विद्युत सहकारीको चौथो साधारण सभा सम्पन्न
  • कुंवरवर्ती र नवज्योति छात्रा भलिबलको फाइनलमा
  • प्रधानमन्त्री संघयिता विरोधी हुन् : ठाकुर
  • भारतबाट मिचिएका नेपाली भुभाग फिर्ता गर्ने प्रधानमन्त्रिको दाबी