गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निरन्तर नि शुल्क खाद्यन्न वितरण कार्यक्रम छैटौँ पटक भव्यता का साथ सम्पन्न।

प्रकाशित मिति:

न्युयोर्क, अमेरिका । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निस्शुल्क खाद्यन्न वितरण कार्यक्रम मेई २५, २०२०, सोमवार छैटौँ पटक भव्यता का साथ सम्पन्न गरेको छ।  अमेरिकी डेमोक्र्याटिक पार्टीका भाइस चेयर एवम् न्युयोर्क राज्यका एसेम्ब्लीमेम्बर माईकल ब्लेक सँग सहकार्य गरी निशुल्क वितरण गरिएको हो। वहाँ ले यसै फाउण्डेशन लाई २०० प्याकेट को तयारी खाना फाउण्डेशनकै कार्यालय अगाडि डेलीभरि गराइ सहयोग स्वरुप प्रधान गर्नु भएको थियो र आजै विभिन्न सघं संस्था का प्रतिनिधिहरु मार्फत वितरण गरिएको जानकारी यसै फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरेले दिनु भयो।फाउण्डेशन को निशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटने स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा र केन्द्रीय सदस्य सुर्य सीमखडा हरु हुनुहुन्थियो।

आज दिउँसो २ बजे वितरण कार्यक्रम फाउण्डेशनको कार्यालय अगाडि वाट सम्पन्न भयो र यस कार्यक्रममा फाउण्डेशनका मानार्थ सदस्य मोहम्मद रशिद, क्वीन्स बोरो कम्युनिटीजका अध्यक्ष शाहनवाज, ने।का। महाअधिवेशन प्रतिनिधि प्रमोद सिटौला, नेपाल तरुण दल अमेरिका का उपाध्यक्ष अनन्तराज सुवेदि, न्युयोर्क हिसपानिक संस्थाका लुईस गोन्जालेस, एसोसिएसन अफ अमेरिकन फिलिपीनो संस्थाकी मे रुथ हरुको पनि उपस्थिति रहेको थियो।वितरणकै क्रममा घ्याल्सुम्दो सेवा संस्था अमेरिकालाई ९६ प्याकेट खाना निवर्तमान अध्यक्ष छिरिङ्ग राप्के लामा मार्फत र ३५ प्याकेट खाना युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई मार्फत हस्तान्तरण गरियो।गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका डेमोक्र्याटिक पार्टी अमेरिकाका भाइस चेयर एवम् न्युयोर्क राज्यका एसेम्ब्लीमेम्बर माईकल ब्लेक लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।