स्पेन द्धारा जुन १ देखि विदेशी पर्यटकले क्वारेन्टाइन बस्न नपर्ने निर्णय

प्रकाशित मिति:

काठमाडौं – स्पेनले जुन १ देखि विदेशी पर्यटकले क्वारेन्टाइन बस्न नपर्ने निर्णय गरेको छ । सोमबार बसेको स्पेन सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यसअघि मिति नतोकिकन जुनदेखि क्वारेन्टाइन बस्नुपर्ने अवस्था हटाइने बताएका स्पेनका परराष्ट्रमन्त्री अरन्चा गोन्जालेज लायाले अब कोही पनि विदेशी पर्यटकले स्पेन भ्रमण गर्दा १४ दिनको क्वारेन्टाइनमा बस्नु नपर्ने जानकारी दिएका छन् ।

बेलायत सरकारले १४ जुनदेखि सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने नीति अवलम्बन गर्नै लाग्दा स्पेनले भने अर्थतन्त्र चलायमान बनाउन विदेशी पर्यटकका लागि अब क्वारेन्टाइनमा बस्न नपर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।पर्यटन क्षेत्रले जीडीपीको १२ प्रतिशतसम्म हिस्सा ओगट्ने स्पेनमा वार्षिक ८० करोडभन्दा बढी विदेशी पर्यटकले भ्रमण गर्दै आएका छन् ।गर्मीको मौसम समाप्त हुनुअघि बिदामा रहेका मानिसहरूलाई लक्षित गरी पर्यटक केन्द्रित उक्त निर्णय गरिएको बुझिएको छ ।