जापानमा लगाइएको संकटकाल अन्त्य भयो

प्रकाशित मिति:

काठमाडौं – जापानमा कोरोना भाइरसको महामारी फैलिएपछि लगाइएको संकटकाल अन्त्य भएको छ।जापानका प्रधानमन्त्री सिन्जो आबेले सोमबार मुलुकभर लगाइएको संकटकाल अन्त्य भएको घोषणा गरेका हुन् ।

सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आबेले कोरोना भाइरसविरुद्ध ल्याइएको विशेष कानूनका आधारमा लागू गरिएको संकटकाल हटाइएको जनाएका हुन् ।जापानमा गत अप्रिल ७ तारिखबाट लागू गरिएको आपतकाल मे २५ तारिख सोमबार साँझबाट नै लागू हुनेगरि रद्दको घोषणा गरिएको हो ।