अमेरिकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै कम मृत्यु

१३ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
177 Shares


काठमाडौं । कोरोना भाइरस कोभिड–१९ ले अमेरिकामा महामारीको रुप लिएपछि कै पछिल्लो २४ घण्टामा सबैभन्दा कमको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ५०४ जनाको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ६१७ जनाको मृत्यु भएको थियो । अघिल्लो २४ घण्टाको तुलनामा पछिल्लो २४ घण्टामा ११३ जना कमको मृत्यु भएको छ । अमेरिकामा क्रमशः मृत्यु हुनेको संख्या कम हुँदै गएको छ । महामारी तीव्र रुपमा फैलिएका बेला अमेरिकामा २५ सयभन्दा धेरैको दैनिक ज्यान जाने गरेको थियो । न्युयोर्क सहरमा मात्रै दैनिक हजार जनासम्म मृत्यु हुने गरेको थियो । अहिले उक्त सहरमा मृत्यु सयभन्दा कममा झरीसकेको छ । अमेरिकामा कोराना संक्रमण र मृत्यु दरमा कमी आए पनि नियन्त्रणमा भने आएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमण तिव्र गतिमा नियन्त्रण भइरहे पनि केही क्षेत्रमा भने संक्रमणको उत्तिकै खतरा रहेको बताएका छन् । उनले अब लकडाउनमा छुट दिँदै पुरानै अवस्थामा फर्किनु पर्ने बताउँदै आएका छन् । उनले सुरु देखि नै राज्य सरकारहरुलाई लकडाउन नगर्न दबाब दिँदै आएका थिए । तर उक्त अधिकार आफूसँग सुरक्षित रहेका कारण राज्य सरकारहरुले नागरिकलाई अपिल गर्दै सामाजिक दूरी कायम गर्न घरमै बस्न आग्रह गर्दै आएका थिए ।अमेरिकामा तत्काल बन्द उद्योग कलकारखाना तथा व्यावसाय खोल्न आग्रह गर्दै दैनिक प्रदर्शन हुँदै आएको छ ।अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित देश हो । यहाँ हालसम्म १७ लाख ६ हजार १५७ जनामा संक्रमण देखिसकेको छ ।पछिल्लो २४ घण्टामा अमेरिकामा १९ हजार ७२१ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८८ हजार २८७ संक्रमित थपिँदा अमेरिकामा १९ हजार ७२१ नयाँ संक्रमितको पहिचान भएको हो ।@barakhari

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा