ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट २३ हजारभन्दा बढीको मृत्यु

प्रकाशित मिति:

काठमाडौं – करिव पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २३ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७५७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २३ हजार ४७३ पुगेको छ ।

एकै दिन ११ हजार २८० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख ७४ हजार ८९८ पुगेको छ । १ लाख ९७ हजार ५९२ जनाको उपचार भइरहेको छ भने १ लाख ५३ हजार ८३३ जना संक्रमण मुक्त भएका छन् ।