कोरानाबाट मृत्यू भएकासंगै क्रिमसन अस्पतालमा उपचार गरिएकाको कोरोना परीक्षणमा बेवास्ता

प्रकाशित मिति:

भरत प्रधान बुटवल, १२ जेठ । कोरोना संक्रमणका कारण मृत्यू भएका गुल्मी मदानेका शिक्षकसंगै रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार गरिएका बिरामीको कोरोना परीक्षणमा बेवास्ता गरिएको छ । कोरोना संक्रमण पुष्टि हुनुअघि ती शिक्षकसंगै सो अस्पतालकै आईसियु कक्षमा उपचार गरिएका तिलोत्तमा– १० की एक युवती र उनको आफन्तलाई कोरोना परीक्षणमा बेवास्ता गरिएको हो ।
कोरोना संक्रमणकै कारण उक्त अस्पतालमा उपचाररत ब्यक्तिको मृत्यू भईसक्दा सम्म पनि सोही अस्पतालकै आईसियु कक्षमा उपचार गरिएका बिरामी र बिरामीका आफन्तलाई कोरोना परीक्षणमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।

स्थानीय जनप्रतिनिधिकै उपस्थितीमा घरमा पर्चा टांसेर शंकाको घेरामा राखिएपनि परीक्षणमा बेवास्ता गरिएको भन्दै स्थानीयले चिन्ता समेत ब्यक्त गरेका छन् ।कोरोनाको आशंका गरिएका ती युवती र उनको परिवारलाई कोरोना परिक्षणमा चासो नदिदां सिंगो टोल नै उच्च जोखिममा परेको भन्दै तत्काल परिक्षण गर्न स्थानियले माग गरेका छन् । उपचारकै क्रममा ज्यान गुमाएका ती शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको एक साता भईसकेको छ, भने उनको मृत्यू भएको समेत पांच दिन भईसकेको छ । तर, उनीसंगै आईसियु कक्षमा उपचार गरि घर फर्केका बिरामी र बिरामीकी आमालाई हालसम्म ¥यापिड डायग्नोष्टिक टेस्ट आरडिटी सम्म पनि गरिएको छैन । कोरोना संक्रमणको आशंका गरेर घरभित्रै बस्न भनिएपनि परीक्षणमा कसैले चासो नदिएको युवतीकी आमाले गुनासो गरिन् । ती महिलाका अनुसार छोरीको स्वास्थ्यमा समस्या देखिएपछि जेठ २ गते राती अस्पताल गएका थिए । छोरीको अवस्था गम्भीर रहेको भन्दै डाक्टरले आईसियुमा राखेर उपचार गर्न सुझाएपछि छोरीलाई आईसियुमा भर्ना गरिएको उनले बताईन् । जेठ ३ गते बिहान सानी छोरी लिएर अस्पताल पूग्दा त्यहां कार्यरत नर्सले अस्पतालमा कोरोना आशंक गरिएका बिरामी रहेको भन्दै बच्चालाई किन ल्याउनुभएको भनेर समेत आफूलाई सोधिएको उनले सुनाईन् । छोरीको उपचारपछि जेठ ३ गते दिंउसो उनीहरु घर फर्केका थिए ।

जेठ ५ गते बिहान अस्पतालबाट हामीलाई फोन आयो । ‘तपाईहरुसंगै आईसियुमा रहेका बिरामीमा कोरोना देखियो ।, त्यसैले तपाईहरु पनि १४ दिनसम्म घर भित्रै बस्नुहोला, कहीकतै नहिड्नु भनियो ।’ ‘उनले घटनाक्रम सुनाउंदै भनिन्,’– ‘यतिका दिन भईसक्यो’, न त परीक्षणका लागि कसैले चासो दिएको छ ।, न हाम्रो अवस्थाको बिषयमा सोधखोज गरिएको छ ।जेठ ५ गते वडा अध्यक्ष, हेल्थ पोष्ट ईन्चार्ज लगायतका केही स्थानीय ब्यक्तिहरु आउनुभयो । कोरोनाको सम्भावित आशंका रहेको भन्दै १४ दिन सम्म घरभित्रै बस्न भन्नुभयो ।, ‘उहांहरुले घरको भित्तामा कांगज टांसेर जानुभयो ।’ त्यसपछि उहांहरु पनि आउनुभएको छैन– उनले दुख ब्यक्त गर्दै भनिन् ।”मृतक शिक्षकमा संक्रमण देखिनु पहिले उक्त आईसियु कक्षमा कति बिरामी उपचाररत थिए त भन्ने बिषयमा बुझ्न अस्पतालका प्रशासन प्रमुख मनमोहन भट्टराईलाई टेलिफोन सम्पर्क गर्दा सो कक्षमा तीन जना बिरामी रहेको जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएलगत्तै हामीले ती सबै बिरामीलाई फोन गरेर सतर्क रहन र सम्भावित लक्षण देखा परेमा स्वास्थ्य संस्थालाई तत्काल सम्पर्क गर्न आग्रह गरिएको भट्टराईले बताए । परीक्षणका सन्दर्भमा पनि सरकारी निकायको समन्वयमै संक्रमितसंग निकट सम्पर्कमा रहेकाहरुको प्राथमिकताका आधारमा गरिएको उनले बताए ।

होम क्वारेन्टाईनमा रहेकी ती महिलाको भनाई अनुसार उक्त आईसियु कक्षमा अन्य ४ जना बिरामी र बिरामीको रेखदेख गर्ने उनीहरुका आफन्त पनि थिए । कोरोनाको शंका गरिएपछि आफूहरुको पनि कोरोना परिक्षण हुनुपर्ने आमाछोरीको भनाई छ । संगै भएका ब्यक्तिलाई कोरोना भएपछि हामीलाई पनि परिक्षण गरिनुपर्ने हो । शंकाको घेरामा राखेर मानसिक तनाब दिईएको छ, तर परीक्षण गर्न चासो दिईएको छैन– उनले दुखेसो पोखिन् ।संगै आईसियु कक्षमा उपचाररत बिरामीमा कोरोना देखापरेपछि तत्कालै उनिहरुको पनि परीक्षण गरिनुपर्ने हो । तर संक्रमित ब्यक्तिको मृत्यू भईसक्दा सम्म पनि उनीहरुको परीक्षणमा बेवास्ता गरिनु दुखद् भएको स्थानीय घनसिंह पुनको भनाई छ ।
जेठ ५ गते स्थानिय जनप्रतिनिधि र स्वास्थ्यकर्मी आएर १४ दिन सम्म घरभित्रै बस्न भनिएपनि यतिका दिनसम्म कोरोना परीक्षणमा चासो नदिदा सिंगो टोल नै आंतंकीत र त्रसित बनेको स्थानीय बिक्रम केसीले बताए । उनीहरुको कोरोना परीक्षणका लागि पटक–पटक आग्रह गरिएको उनले बताए ।

यता वडा अध्यक्ष ब्यासमून चौधरीले भने परीक्षणका लागि आफूले पहल गरिरहेको प्रतिक्रिया दिए ।कोरोना संक्रमितसंगै आईसियु कक्षमा उपचार गरि घर फर्केका बिरामीका बिषयमा जिज्ञासा राख्दा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरेले सो बिषयमा अस्पतालले औपचारिक रुपमा जानकारी नै नगराएको प्रतिक्रिया दिए । त्यहां उपचाररत बिरामीमा कोरोना पुष्टि भएलगत्तै अस्पतालले सरोकारवाला निकायसंग आवश्यक समन्वय नगर्दा र सत्यतथ्य जानकारी नदिएका कारण समस्या उत्पन्न भएको घिमिरेले बताए ।सेमराबजार हेल्थपोष्टका ईन्चार्ज कमल पाण्डेले सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा, सतर्कता र सावधानीका लागि घरमा गएर पर्चा टांसिएको प्रतिक्रिया दिए । उहांहरुमा त्यस्तो शंकास्पद केही लक्षण देखा परे तत्काल परीक्षणका लागि पहल गर्ने पाण्डेले बताए ।ती शिक्षकमा कोरोना देखा परेपछि उनको उपचारमा संलग्न चिकित्सक, अस्पतालमा कार्यरत कर्मचारीको परीक्षण भईसकेको छ । सो अस्पतालमा कार्यरत चिकित्सकको मात्र नभएर उक्त अस्पताल आउनुअघि उपचार गर्न गएका अर्घाखांचीको छांया पोलीकिल्नीकका स्वास्थ्यकर्मीहरुको समेत कोरोना परिक्षण गरिसकिएको छ । भैरहवा स्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा गरिएको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएपनि ती शिक्षकको सम्पर्कमा आएका गुल्मी मदानेकै एक पुरुषमा भने दुई दिन अघि मात्रै कोरोना पोजेटिभ पुष्टि भएको छ ।

उपचारमा संम्लग्न चिकित्सक र सम्पर्कमा रहेका अन्य ब्यक्तिहरुको समेत परीक्षण गरिदा सम्म पनि संगै आईसियु कक्षमा उपचाररत बिरामीको परीक्षणमा चासो नदिएर उनीहरुको स्वास्थ्यमाथी खेलवाड गरिएको स्थानीयको आरोप छ ।यता प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा। राजेन्द्र गिरीले संक्रमितको निकट सम्पर्कमा आएकाहरुको प्राथमिकताका आधारमा २९ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए । परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएकाले त्यसबखत अस्पताल परिसरमा रहेकाहरु डराउनुपर्ने र आत्तिनुपर्ने अवस्था नरहेपनि सतर्क भने रहनुपर्ने गिरीले बताए । तर संक्रमितसंगै आईसियु कक्षमा अन्य बिरामी रहे नरहेको बिषयमा भने आफूलाई जानकारी नरहेको उनले बताए । उपचारका लागि जेठ १ गते उक्त अस्पतालको आईसियु कक्षमा भर्ना भएका ती शिक्षकमा जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल नै शिल गरिएको थियो ।