‘युएईमा ६० जना नेपाली गर्भवति महिला उद्दारको पर्खाइमा

१३ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


अमेरिका । कामको सिलसिलामा युएईमा रहेका ६० जना नेपाली गर्भवति महिला उद्दारको पर्खाइमा रहेका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व क्षेत्रका पदाधिकारीहरुले दूरबिन सम्वाद कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।कार्यक्रममा मध्यपूर्वका उपसंयोजक डिआरसी मनोज गोर्खालीले युएइमा रहेका मध्ये ६० जना गर्भवति महिलाले आफुहरु तत्काल नेपाल जान चाहेको भन्दै एनआरएनएको सम्पर्कमा आएको बताए ।गोर्खालीका अनुसार गर्भवती महिलामा केही काम छोडेका छन भने केहीको विमा सकिएका छन् । अर्को तर्फ युएइमा सुत्केरी खर्च पनि महङ्गो छ । दूरबिन सम्वादमा गोर्खालीले भने, ‘सामान्य अवस्थामा पनि नेपालमा गएर सुत्केरी गराउने गरिन्थो, उनीहरु नेपाल जाने तयारीमा नै थिए तर लकडाउनले गर्दा यतै फसेका हुन, हामीले उनीहरुको उद्दारका लागि दुतावास र सरकार सँग पहल गरिरहेका छौं ।’

काम पनि नभएको र खर्च पनि महङ्गो हुने भएकाले ती महिलाहरुलाई तत्काल नेपाल फर्कने व्यवस्था मिलाउनका लागि एनआरएन मध्यपूर्व क्षेत्रका पदाधिकारीले नेपाल सरकार सँग अपिल पनि गरेका छन् । गोर्खालीका अनुसार कोरोना बाहेक कामको सिलसिलामा अन्यत्र दुर्धटनामा निधन भएका नेपालीहरुको लास पनि समस्याको विषय भएको छ । मध्यपूर्व भरी गरि करिव एक सय ३० लास नेपाल लैजानु पर्ने भएको छ ।यसैगरि कुवेत सरकारले विभिन्न समय देखि अवैधानिक रुपमा बसेका विदेशि नागरिकलाई अहिले आममाफि दिएको छ । उनीहरुले अबको दुई महिना भित्र कुवेत छोड्नु पर्ने हुन्छ । यदी त्यो समय सम्म पनि कुवेत नछोडेमा त्यस्ता व्यक्ति जेल जानु पर्ने हुन्छ । कुवेतमा आम माफि पाउने नेपालीको संख्या चार हजार रहेका छन् । जस मध्ये तीन हजार पाँच सय महिला छन् । आममाफि पाएकाहरु अहिले कुवेत सरकारले व्यवस्था गरेको सेल्टरमा रहेका छन् । उनीहरुले जति सक्दो छिटो आफ्नो उद्दार गरिदिन आग्रह गरेको एनआरएएका मध्यपूर्वका पदाधिकारीहरुले बताएका छन् ।

दूरबिन सम्वादमा एनआरएनए मध्यपूर्व क्षेत्रिय संयोजक प्रविण गुरुङ्ग, उपसंयोजकद्वाय मनोज गोर्खाली र राजेन्द्र अर्याल, महिला संयोजक सुमित्रादेवी पौडेल ९सुमी राणा० युवा संयोजक राज रेग्मी र आइसीसी सदस्य एसमिन वेगम सायदले भाग लिएका थिए । उनीहरुले मध्यपूर्वमा रहेका नेपालीलाई तत्कालका लागि राहतको व्यवस्था एनआरएनए र विभिन्न संघ सस्थाको तर्फबाट गर्ने गरिएको भए पनि दिर्धकालिन रुपमा नेपाल सरकारलाई गम्भिर हुन आग्रह गरे । मध्यपूर्वमा तत्काल ठूलै समस्यामा परेका नेपालीलाई तत्काल उद्दार गर्न पनि नेपाल सरकार सँग आग्रह गरेका छन् । यस्तै तत्लका लागि राहत तथा अन्य कुनै समस्या भएमा एनआरएनएलाई सम्पर्क गर्न पनि आग्रह गरेका छन् । दुरविननेपाल वाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु