स्याङ्जाका दुईजनामा कोरोना संक्रमण

प्रकाशित मिति:

भवानी अधिकारी- स्याङ्जा । भारतबाट ४ दिनअघि स्याङजा आएका २ जना युवामा कोरोना संक्रमण देखिएको छ। वालिङस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको नमूना स्वाब परीक्षणबाट २० र २९ वर्षका युवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जेष्ठ १० गते भारतको गाजियावादबाट ९ जना आएका थिए । गाजियावाददेखि गोरखपुरसम्म रेलमा, त्यसपछि सुनवलसम्म ट्रकमा र सुनवलबाट वालिङसम्म जीपमा आएको बताइएको छ ।शनिबार बिहान ३ बजे वालिङपछि उनीहरु क्वारेन्टाइनमा बसेका थिए ।

उनीहरु ९ सहित क्वारेन्टाइनमा रहेका अन्य २० जनाको पीसीआर टेष्टका लागि सोमबार पोखरा पठाएको थियो ।मंगबार आएका रिपोर्टमा २ जनामा पोजिटिभ र अन्य १८ को रिपोर्ट नेगेटिभ देखिएको छ ।कोरोना संक्रमण भएका दुबैलाई जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसन कक्षमा राखिएको जिल्ला अस्पतालका प्रमुख डा। शुशिल मरासीनीले जानकारी दिए ।दुबैको अवस्था सामान्य रहेको र चिकित्सकको प्रत्यक्ष निगरानीमा उनीहरुको उपचार गरिने अस्पतालले जनाएको छ। पछिल्ला दिनहरुमा भारतबाट जिल्ला भित्रिनेको संख्यामा वृद्धि भएको छ ।यसअघि पनि भारतबाट आएका गल्याङ र कालीगण्डकीका एक÷एक जनामा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको थियो भने पछि पीसीआर रिपोर्ट भने नेगेटिभ देखिएको थियो ।