राप्तीमा फैजि किरा रोकथामका प्रयास सुरु

१३ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


तिर्थराज ज्ञवाली जेष्ठ १३, मसुरीया देउखुरी दाङ । दाङको राप्ती गाउँपालिका क्षेत्रमा समेत मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएकोमा नियन्त्रणका लागि प्रयास सुरु गरिएको छ । प्रसस्त मात्रामा मकै खेति रहेको राप्ती गाउँपालिका क्षेत्रको वडा नं १, २, ४, ५ र ९ मकै खेतिको राम्रो सम्भावना रहेका र सो क्षेत्रमा फौजी किराको प्रकोप देखीन थालेपछि राप्ती गाउँपालिका कृषि प्रसार शाखा बाट किरारोकथामको लागि काम सुरु गरिएको प्राविधिक सहायक वरसाति गडरियाले जानकारी दिनु भएको छ । राप्ती गाउँपालिकामा मकै सुपरजोनले सिफारीस गरेका औषधि र कोवरा नामक बायो किटनासक औषधि साथै किङस्टार र कि टोप नामक विषादी तथा स्प्रेयर वडा मार्फत वितरण गरिएको छ

लकडाउनको अवस्थामा आवस्यकता अनुसार रोग किरा भगाउन वा मार्ने औषधि उपलब्ध गराउन नसकिरहेको अवस्थामा गाउँपालिकाले कृषकलाई आवस्यकता अनुसार औषधि उपचारको ब्यवस्थाका लागि प्रयास गरिरहेको बताईएको छ ।यसै विच विकास कोष नर्वेको सहयोगमा नामसालिङ विकास केन्द्र ईलामले संचालन गरिरहेको“एकीकृत सामुदायिक विकास परियोजना“ को दाङ कार्यक्षेत्रमा पर्ने वडा नं १ र ९ का मकै कृषकलाई परियोजनाका लाभान्वित १०० साना किसानको करिव १५ हेक्टर जमिनमा पुग्ने विषादी गाउँपालिकाको कृषि शाखासंगको समन्वयमा वितरण गरिएको छ ।विषाधिको उपयोग गर्दा अपनाउनु पर्ने सुरक्षा सावधानी सम्बन्धि सचेत गराउदै नामसालिङ द्धारा कृषकलाई विषादी वितरण गरिएको छ ।ममै खोति गर्नुभएका कृषकले आफ्नो खेत बारीमा समेत त्यस्तो फौजि किराको लक्षण देखा परे वडा मार्फत कृषि प्रसार शाखामा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला