बुटवलमा मिस बुटवल हुने

प्रकाशित मिति:

बुटवलमा पहिलो पटक मिस बुटवल नेपाल २०१८ हुने भएको छ ।  बुधबार द नेक्स रेभुलेसन नेपालले बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको फर्म सार्वजनिक गरेको हो ।सोही अवसरमा सौन्र्दय प्रतियोगीता प्रतिको नकरात्मक भ्रमहरुलाई चिर्दै समाजका उदाहरणहरु उत्पादन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको आयोजकले जानकारी दिएको छ। विजेताले द हिडेन ट्रेजर नेपाललले सञ्चालन गर्ने मिस नेपालमा सिधै प्रतिस्प्रधा गर्न पाउने द हिडेन ट्रेजर नेपाललका लगानीकर्ता तथा पूर्व अध्यक्ष सुवर्ण क्षेत्रीले बताए । फर्म सार्वजनिक गर्दै द नेक्स रेभुलेसन नेपाललका म्यानेजङि डाईरेक्ट राजिव खनालले मंसिर २ गते वाट कलेज भ्रमण, मंसिर ८÷९ मा अडिसन र त्यसपछि फाईनल २५ प्रतिस्पर्धीलाई तलिमको लागी छनोट गर्ने बताए ।

मिस नेपालका प्रशिक्षक महेश दाहाल, पूर्व मिस नेपालकी जज तथा गाईनोकोलोजिस्ट ज्योति राना, मिस नेपालकी कोरीयोग्राफर रचना गुरुङ , महिला अधिकार कर्मीतथा महिला युवा प्रशिक्षक उषा मल्ल सिंह, युथ स्पीकर रोहीत मल्ल लगाएतका प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।