भारतिय नाकावाट पाल्पालीको उद्धार, जिल्ला भित्रीने क्रम जारी

प्रकाशित मिति:

पाल्पा । भारतमा रहेका पाल्पालीहरुलाई भारतसगँ जोडिएका बिभीन्न नाकावाट उद्धार गरि पाल्पा ल्याईएको छ । भारतले बिभीन्न क्षेत्रहरुमा ओहोरदोहोर गर्नका लागि रेल तथा सवारी चल्न दिएपछि भारतबाट धेरै नेपालीहरु नाका आईपुगेका थिए । पाल्पाका बिभीन्न स्थानिय निकायहरुले आ आफ्ना जनताहरु आफनो क्षेत्रमा ल्याईपुर्याएका छन् । विभिन्न नाकाबाट १६७ जना पाल्पालीहरुलाई उद्दार गरि पाल्पा ल्याइएको कोरोना भाइरस ९कोभिड १९० हेल्प डेस्कका संयोजक टुक प्रसाद भट्टराईले बताए । रूपन्देहीको बेलहिया नाका, कपिलवस्तुको कृष्णनगर नाका र नवलपरासीका विभिन्न नाका हुँदै नेपाल छिरेका उनिहरुलाई नाकामै पुगेर बसले उद्धार गरि ल्याएको हो ।भारतमा सीमा नाकामा आएपछि अलपत्र परेको गुनासो बढ्दै गएपछि जिल्ला स्तरमा यस्तो निर्णय भएको थियो ।

भारतबाट आउन चाहनेहरूले सम्पर्क गर्नको लागि हेल्पडेस्क स्थापना गरिएको छ । तानसेन नगरपालिका १३ का वडाध्यक्ष टुकप्रसाद भट्टराईको संयोजकत्वमा कोरोना भाइरस ९कोभिड १९० हेल्प डेस्क स्थापना गरिएको हो । जसको सदस्यमा तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रतिनिधि रहेको जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख मिरा मरासिनीले बताइन् ।पाल्पाका दुई नगरपालिका र ८ वटा गाउँपालिकाको सहकार्यमा हेल्प डेस्क स्थापना गरिएको छ । दशवटै स्थानीय तहले १, १ लाखका दरले हेल्प डेस्कमा कोष स्थापना गरेका छन् । अनिवार्य क्वारेण्टाइनमा बस्नुपर्ने भारतबाट आउने जोसुकै अनिवार्य जिल्लाको सदरमुकाम तानसेनमा स्थापना गरिएको होल्डिङ क्वारेण्टाइनमा बस्नुपर्ने हुन्छ ।

बढीमा तीन दिन यहाँ बस्नुपर्ने छ । भारतीय कुनैपनि नाकाबाट प्रवेश गरेका उनीहरू पहिले तानसेनमा रहेका क्वारेण्टाइनमा आउनुपर्ने छ ।आरडिटि वा पीसीआर गरेपछि मात्र उनीहरू आफ्नो स्थानीय तहमा जान पाउने पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । रिपोर्ट पोजेटिभ आएका व्यक्ति भने होल्डिङ्ग क्वारेण्टाइनबाट आइसोलेसनतर्फ जानुपर्ने र नेगेटिभ रिपोर्ट आएकाहरूलाई मात्र सम्बन्धित स्थानीय तहमा पठाइने उनले बताए । तर सम्बन्धित स्थानीयतहमा पुगेपछि भने त्यहाँ रहेको क्वारेण्टाइनमा १४ दिन बस्नुपर्छ । १४ दिनपछि आरडिटि परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएकाहरूलाई थप एकहप्ता होम क्वारेण्टाइनमा बस्ने शर्तमा घरमा पठाइने उनी बताउँछन् । लकडाउका बेला भारतका विभिन्न नाकाबाट प्रवेश गरी लुकेर गाउँ छिर्न थालेपछि कोरोना भाइरस ९कोभिड १९० रोकथामका लागि थप उपायस्वरूप यस्तो निर्णय गरिएको प्रजिअ सुवेदीले बताए ।@radio nrn