ह्याकरले नेपाली नायिकाको फेक पोर्न भिडियो बनाएपछि कलाकार संघले दियो प्रहरीमा उजुरी

१३ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, जेठ १३ – अश्लिल भिडियोमा नेपाली नायिकाहरुको टाउको जोडेर अश्लिल भिडियो सामाजिक सञ्जालमा अपलोड भएपछि चलचित्र कलाकार संघले प्रहरीमा उजुरी दिएको छ। मंगलबार संघका अध्यक्ष रविन्द्र खड्का लगायतको टोलीले महानगरी अपराध महाशाखामा उजुरी दिएको हो। अश्लिल भिडियोमा नेपाली नायिकाको टाउको जोडेर भिडियो सार्वजनिक गर्ने काम भारतीय ह्याकरले गरेको अनुमान गर्दै संघले उजुरी दिएको हो। ‘उहाँहरुले ठाडो निवेदन मार्फत उजुरी दिनुभएको छ। यो विषय साइबर क्राइमसँग जोडिन्छ। साइबर ब्युरोसँग समन्वय गरेर अनुसन्धान प्रक्रिया अघि बढिसकेको छ,’ महाशाखा स्रोतले भन्यो।भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर सरकारले नक्सा जारी गरेपछि ह्याकरले नायिकाको चरित्र हत्या गर्न खोजेको खड्काले बताए।

त्यस्ता भिडियो च्याटमार्फत पठाउने गरिएको रहेछ। यस्तै, युट्युब र पोर्न साइटमा समेत अपलोड भएका रहेछन्,’ खड्काले भने। ह्याकरले १२ नेपाली नायिकाको फेक भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्ने धम्की समेत दिने गरेका छन्। एक हिरोइनको भिडियो भने अहिले सार्वजनिक भइसकेको खड्काले बताए। इन्डियन स्पाइडर स्क्वाड नामक समूहले भिडियो लिक गर्ने भन्दै धम्की दिने गरेको छ।नायिका आँचल शर्माले आफ्नो फेक भिडियो र्साजनिक भएपछि इमेलमार्फत प्रहरीमा उजुरी दिएकी छिन्। भिडियो सार्वजनिक भएपछि उनले भनेकी छिन्, ‘अश्लिल भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गरेका जसले गरेका छन्, तिनीहरुको विरुद्धमा एक भएर अगाडि बढ्न जरुरी छ।’ उनले यस्तो समयमा साथीभाइ अनी शुभचिन्तकको साथको जरुरी रहेको बताएकी छिन्। साथै सहयोगको लागि आग्रह गरेकी छिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला