लमजुङ मध्यनेपालका नगर प्रमुख पाण्डेले भने,-गाउँको बाँझो जमिनमा खेती गर्नुस् हामी तपाईंलाई दिन्छौं अनुदान

प्रकाशित मिति:

प्रकाश अधिकारी  – लमजुङ मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले कोरोना भाइरलले नेपालमा आर्थिक संकट आउने निश्चित भएको हुदा विदेश पलायन हुनेहरू र रोजगार घुम्नेहरू विस्तारै गाउँ आउने हुदा आफ्नो बाँझो रहेको जमिनमा खेती गर्ने अनुरोध गरेका छन्। वर्षैदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई नगरपालिकाले अनुदान दिने घोषणा गरेका हुन्।लकडाउन भएको शुरूका दिनदेखि नै प्रमुख पाण्डेले नगर भित्रका गाउँगाउमा मजदुरलाई राहत बाड्दै हिडेका थिए।

जनताको हरेक सुखदुःखमा सारथि रहने दुख पर्दा मलाई संझनुहोस् भन्ने गरेका छन्। उत्पादन बढाउन र खाद्य सङ्कट नहोस् भनेर किसानलाई अनुदान घोषणा गरिएको प्रमुख पाण्डेले बताए।कोरोना भाइरस थप फैलिन सक्ने र खाद्य सङ्कट समेत निम्तिन सक्ने भन्दै बाँझो जमिनमा खेती गर्न प्रोत्साहन गर्ने नीति अघि सारिएको पाण्डेले बताए। नगरबासि आफै आत्मनिर्भर हुनेतर्फ योजना बनाउन जरुरी छ”, प्रमुख पाण्डेले भने, “यस्तै अवस्था आउने हो भने अन्य मुलुकबाट खाद्यान्न आयात हुन समस्या आउन सक्छ”, “त्यसैले हामीले स्थानिय तहबाटै उत्पादनमा जोड दिनुपर्ने पाण्डेको भनाइ थियो।