शितगंगा नगरपालिकामा ६८७ जना बिभिन्न क्वारेन्टिनमा

प्रकाशित मिति:

शितगंगा नगरपालिकामा लकडाउनको समयमा भारत बाट आउनेको सख्यामा वृद्धि हुँदै गएको छ । नगरपालिकाका १४ वडामै भारत बाट आउनेहरु बढ्दै गए पछि ब्यवस्थापनमा समेत नगरपालिकालाई चुनौती थपिएको छ । शितगंगा नगरपालिकामा ६८८ जना बिभिन्न क्वारेन्टिनमा बसेका छन करिव ५० वटा बिभिन्न बिद्यालयहरु यति बेला क्वारेन्टिनको रुपमा प्रयोग भएरहेका छन ।वडा नम्बर १ मा अहिले ९५ जना क्वारेन्टिनमा रहेका छन यस्तै वडा नम्बर २ मा १०५ जना अहिले क्वारेन्टिनमा रहेका छन । यस्तै वडा नम्बर ३ मा भारत बाट आएका २४ जना क्वारेन्टिनमा रहेका छन । वडा नम्बर ३ मा रहेका क्वारेन्टिनमा आज स्वास्थ सामाग्री बितरण गरिएको छ भने क्वारेन्टिन क्षेत्रमा औषधी समेत छर्कने काम भएको छ । वडा नम्बर ४ मा २४ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन थ्योती माबि बबोर्टमा ७ जना रहेको र उनिहरुको रिर्पोट आज भोलीमा आउने वडा अध्यक्ष दामोदर अधिकारीले जानकारी दिनुभयो साथै स्वास्थ समाग्री समेत आज सबै स्थानमा उपलब्ध गराक्ष्एको छ
यस्तै वडा नम्बर ५ मा ४२ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन सबै जना भारत बाट आएका हरु त्यहाका बिभिन्न बिद्यालयमा रहेका हुन । यस्तै वडा नम्बर ६ मा ८७ जना क्वारेन्टिनमा रहेका छन त्यहा रहेका सबै जनालाई आज स्वास्थ सामाग्री ,साबुन कोल्गेट लगायतका सामाग्री बितरण समेत गरेका रेस्मीले जानकारी दिनु भयो ।

यस्तै वडा नम्बर ७ मा ६० जना क्वारेन्टिनमा रहेको वडा अध्यक्ष मोहन पन्थीले जानकारी दिनु भयो । । वडा नम्बर ८ अहिले सम्म १८ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन । वडा नम्बर ९ मा अहिले ३ जना मात्र क्वारेन्टिनमा रहेका छन । वडा नम्बर ९ का नजिक पर्ने अन्य वडाका बिभिन्न क्वारेन्टिनमा रहेका छन ।यस्तै वडा नम्बर १० मा २८ जना रहेको स्वास्थ शाखाले जनाएको छ यस्तै वडा नम्बर ११ मा ४५ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन बिभिन्न ३ वटा बिद्यालयमा रहेका छन ।यस्तै वडा नम्बर १२ मा ५३ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन । यस्तै वडा नम्बर १३ मा ५६ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन ।। यस्तै वडा नम्बर १४ मा बिभिन्न ७ वटा बिद्यालयमा ९० जना क्वारेन्टिनमा रहेका वडा अध्यक्ष दामोदर न्यौपानेले जानकारी दिनु भयो । क्वारेन्टिनमा बस्नेहरुको सख्या बढे सँगै ब्यवस्थापन समेत फितलो भएको छ । धेरै क्वारेन्टिनहरुमा रेखदेख गर्ने कोही छैन । बिहान बेलुका नगरपालिकाले खानाको ब्यवस्था गरेको छ घरबाटै खानेहरुलाई समेत दिनको १६० रुपिया मात्र नगरपालिकाले प्रदान गर्ने छ भने अन्य सबै ब्यवस्थापन आफै गर्नु पर्ने अबस्था छ । क्वारेन्टिनमा बस्नेहरुमा नास्ता तथा खानेपानीको समस्या भएको छ भने ट्वाइलेट तथा साबुन हरु एउटै प्रयोग गर्न बाध्य भएका छन ।

शितगंगा १० मा रहेको हाम्रो एग्रो कृषि फममा आगलागीले ५० रोपनी मा लगाएका कागती जलेर नष्ट  शितगंगा नगरपालिका १० मा रहेको हाम्रो एग्रो र्फममा लगाइएको ५० रोपनी क्षेत्रफलको कागती खेती बन डढेलोले सखाप पारेको छ । जङगलबाट आएको लागोले उत्त क्षेत्रमा लगाइएको हजारौ कागतीका बिरुवाहरु जलेर खरानी भएको फमका सञ्चालक यमलाल आर्चायले जानकारी दिनु भयो । उत्त १२ हजार बढी कागतीका बिरुवाहरु रहेको कृषि फममा जङगलमा लगाएको आगो बिरुवा लगाएको क्षेत्रमा आउदा हजारौ बिरुवा जल्दा लाखौको क्षति भएको आर्चायले जानकारी दिनु भयो । उत्त फममा कागतीका बिरुवाहरु यस क्षेत्र बाहेक प्रदेशका बिभिन्न जिल्लामा समेत निर्यात हुने गरेको छ । कपिलबस्तुका सञ्चालक आर्चायले उत्त क्षेत्रमा करोडौको लगानीमा कृषि रिसर्च सेन्टर स्थापना गर्नु भएको छ । उत्त फममा कागती खेती , मौरी पालन माछा पालन , बाख्रा पालन लगायतका धेरै कृषि खेती समेत रहेको छ । फममा बिभिन्न समयमा सयौ स्थानियहरु लाई रोजगारको ब्यवस्था समेत हुनगरेको छ । बिभिन्न विपतमा क्षति भए पनि स्थानिय तह हरु बाट सहयोग नभएको आर्चायको गुनासो छ केही दिन अघि समेत हावाहुरीले कागती नर्सरीको टनेल उढाएर लाखौको क्षति भएको थियो भने अहिले पुन लाखौको कागती आगोले सखाप पारेको छ ।

हरेक बर्ष यसरी आगो गलाउदा लाखौको क्षति भए पनि सम्बन्धित निकायहरुले कुनै चासो नदिने गरेका दुख ब्यत गर्नु भयो । गत बर्ष समेत बनमा लागेको लागोले सयौ बिरुबा तथा फल्ने बोटहरु नष्ट गरेको थियो । अब अर्घाखाँचीमा भारतबाट आउने बिहान ५ बजे देखि साझँ ५ बजे सम्म मात्र उद्धार गर्न पाइने  अर्घाखाँचीको जिल्ला जिल्ला विपत व्वस्थापना समितीको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा राजनीतिक दलका प्रमुख ,स्थानिय निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख सर्वपक्षीय बैठकले बिभिन्न निणर्य गरेको छ सनपा १ मा रहेको युवावर्ष र विचित्र माविमा आईसोलेससन निर्माण गरि कोराना सक्रमितको उपचार गर्ने निर्णय भएको छ । यस्तै सिमा नाकामा अलपत्र परेका नागरिकलाई विहान ५ बजे देखि बेलुका ५ बजे मात्र अनुमति दिने समेत निर्णय भएको छ । क्वारेन्टाईनमा रहेका र फन्टलाईनका रहेका व्यत्तिको पिसिआर चेक गर्नको लागि केन्द्रीय र प्रदेसँग कीट माग गर्ने कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य साम्रगि उपलब्ध गराउने सबैलाई धन्यवाद दिदै थप स्वास्थ्य साम्रगी उपलव्ध गराउन सघ,प्रदेश सरकारलाई अनुरोध गर्ने कोराना भाईरस परीक्षण गर्न जनस्वास्थ्य प्रयोगशाला स्थापनाको लागि सामाजिक मन्त्रालय प्रदेश ५ मा अनुरोध गर्ने लगायतका निणर्य भएका छन ।