आज पनि हावाहुरीसहित वर्षा हुने पूर्वानुमान

प्रकाशित मिति:

काठमाडौं / जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भू(भागमा हुरीबताससहित वर्षा हुने पूर्वानुमान गरेको छ ।महाशाखाले शुक्रबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली र पर्सी शुक्रबार सम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ ।

आगामी २४ घण्टाभित्र पूर्वी भू-भाग, मध्य तथा पश्चिम पहाडी भू-भागमा मेघगर्जनरचट्याङरहावाहुरीसहित वर्षाको सम्भावना रहेको तथा पश्चिमी तराइका जिल्लाहरुमा तापक्रम बृद्धि हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालको पूर्वी भू-भाग आसपास बनेको निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशको मध्य, पूर्वी र पश्चिमी पहाडी भू-भागका थेरै स्थानहरूमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।