फ्रान्सले ८ अर्ब युरो कार उद्योगलाई सहयोग गर्ने

प्रकाशित मिति:

काठमाडौं । फ्रान्सले कार उद्योगलाई सहयोग गर्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण संकटमा पुगेको कार उद्योगलाई सरकारले सहयोग गर्ने भएको हो ।

फ्रान्सले कार उद्योगलाई ८ अर्ब युरो सहयोग गर्ने घोषणा गरेको छ । कोरोनाको महामारीका कारण फ्रान्सको कार उद्योगा पुर्णरुपमा प्रभावित भएको छ । कार उद्योगमा काम गर्ने हजारौं कामदारले नोकरी गुमाएका बीबीसीले जनाएको छ ।