पर्साका २१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीए

प्रकाशित मिति:

पर्सा – पर्साका थप २१ जना कोरोना भाइरसको संक्रमणमुक्त भएर गण्डक अस्पतालबाट डिस्चार्ज भएका छन् ।गण्डक अस्पतालमा उपचाररत २१ जना कोरोना संक्रमणबाट मुक्त भएर गएराति साढे १० बजेतिर डिस्चार्ज भएको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिए ।

लगातार दुई पटकसम्मको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा अरू ९ जना संक्रमितको उपचार भइरहेको छ ।