जोगबनी नाकाबाट उद्धार भयो ३०४ नेपालीको

प्रकाशित मिति:

काठमाडौं । भारतको जोगबनी नाकाबाट ३ सय ४ जना नेपालीलाई उद्धार गरी विराटनगर भित्र्याइएको छ। उनीहरुलाई गएराति उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ । भारतबाट आएकाहरुलाई विराटनगर–१३ स्थित डीएभी स्कुलको होल्डिङ स्टेसनमा राखिएको छ।नेपाल प्रवेश गर्नेहरुमा झापादेखि रुकुम पश्चिमसम्मका छन्। रुकुम पश्चिमका ८ जना छन्।

सुनसरीका २३ जनालाई भने दुहबी नगरपालिका वडा नं। ४ का वडा अध्यक्षले सुनसरीतर्फ लगेको मोरङ प्रहरीले जनाएको छ।सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारतीय सुरक्षा निकायसँगको समन्वयमा नेपाल ल्याइएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो। सम्पूर्ण विवरण टिपेर सामान्य स्वास्थ्य जाँचपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहहरुमा पठाइने प्रअिज भुजेलले बताउनुभयो।