शुभकामना कार्यक्रम सम्बोधनका लागि नेकपाका दुवै अध्यक्ष बुटवल आउंदै

प्रकाशित मिति:

नेकपाका अध्यक्षद्वय रुपन्देहीको बुटवल आउने भएका छन् । नेकपाको आयोजनामा कार्तिक १७ गते शनिवार बुटवलमा सन्देशसभा तथा शुभकामना कार्यक्रमलाइ सम्बोधन गर्न अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बुटवल आउने छन् ।

कार्यक्रम कार्तिक १७ गते बुटवल मेला स्थल बुटवल मण्डपमा हुने छ । कार्यक्रमको तयारी तिब्र पारिएको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि नेकपाले जानकारी दिएको छ ।रुपन्देहीका १६ वटै स्थानीय तहमा समिति गठन गरी नेकपाले प्रचार प्रसार र कार्यकर्ता परिचालन गरेको छ । सबै स्थानीय तहले कम्तीमा ५ हजारदेखि २० हजारसम्म कार्यकर्ता उतार्न निर्देशन दिएको छ ।सो कार्यक्रममा अध्यक्षद्वय ओली र प्रचण्ड ,महासचिव एवं रुपन्देहीक्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य बिष्णु पौडेलले मुलकको समसामयिक राजनिति र पार्टी नेतृत्वका र सरकारको बारेमा जानकारी दिइने छ ।नेकपाले बिजया दशमी, दीपावली, छठ तथा नेपाल सम्वतका अवसरमा सो कार्यक्रम गर्न लागेको पार्टी कार्यदलका सदस्य तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

सुवेदीले रुपन्देही जिल्लाका स्थानीय तहबाट ६० हजार र आसपासका जिल्लाहरुबाट करिव ४० हजार गरी करिव १ लाखको सहभागिता रहनेछ ।

नेकपाका नेता तथा प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सभालाई ऐतिहासिक बनाउन सबैलाई सहयोगका लागि आग्रह गरे । नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सभाका सदस्य दधिराम शर्माले पार्टी अध्यक्षद्धय नै कार्यक्रममा सहभागि हुने भएकाले कुनै भ्रममा नपर्न अनुरोध गरे ।