कांग्रेस प्रवक्ताले भने – प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने

प्रकाशित मिति:

काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्तावका बारेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का नेताहरुले दिइरहेका प्रतिक्रियाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले खण्डन गरेको छ । नेकपाका नेताहरुले कांग्रेसको अनुरोधमा बुधबार संसदको कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाएको बताएपछि कांग्रेसले आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस संविधान संशोधनको पक्षमा रहेको दोहो¥याउँदै प्रश्न गरेका छन्

प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने को गर्दैछ यो षड्यन्त्र उनले मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा संविधान संशोधनका विषयमा केन्द्रीय कार्यसमिति बैठकबाट संस्थागन निर्णय गरेर देशको नयाँ राजनीतिक नक्सा र संविधान संशोधनको पक्षमा उभिने बताइसकेको पनि स्मरण गराएका छन् ।प्रक्रिया सुचारु गर्नोस् । के।स।को बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र संशोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिइसकेका छौं । यसमा हामी चट्टानी रुपले दृढ छौं र रहन्छौं,” प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन् ।