नेपाल मेडिकल कलेजका २ डाक्टर माथी कुटपीट

१४ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


१४ जेठ, काठमाडौं । नेपाल मेडिकल कलेज अत्तरखेलका दुई जना चिकित्सकमाथि बुधबार कुटपिट भएको छ । बिरामीको मृत्यु भएको विषयमा आफन्तले डा। श्री श्रेष्ठ र डा। राकेश सिंहमाथि कुटपिट भएको अस्पतालको फोकल पर्सन डा‍। गुञ्जन खड्काले बताए ।

उनका अनुसार बुधबार बिहान ६ बजे काठमाडौं बेसिगाउँका एक दमको बिरामी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भयो ।‘हामीले बिरामीको मृत्यु भएपछि कोभिड १९ को आशंका गरेर सोधपुछ गरेका थियौं’ डा। खड्काले भने, ‘बिरामी मारेर कोभिडको आशंका गर्ने भन्दै मृतकका छोराले कुटे ।अस्पतालले उक्त घटनाको छानविन गर्न समिति बनाएको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया