कार्तिक १६ गते कांग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम हुंदै

प्रकाशित मिति:

विभिन्न चाडपर्वको अवसरमा नेपाली कांग्रेस रुपन्देहीले कार्तिक १६ गते चियापन तथा शुभकामना आदान प्रदान गर्ने भएको छ ।
विजया दशामी, दिपावली, छठ, नेपाल संवत लगायतका पर्वको अवशर पारेर कार्यक्रमको आयोजना गरिएको सभापती अब्दुल रज्जाकले बताउनु भयो ।
सभापती रज्जाकले जिल्ला पार्टी कार्यालय भैरहवामा आयोजना गरिएको कार्यक्रममा सहभागिताका लागि पनि सबैमा आग्रह गर्नु भयो । नेपाली कांग्रेसले हरेक बर्ष चाडपर्वका अवसरमा चियापन कार्यक्रमको आयोजना गर्दै आएको छ ।
यस पटक पार्टिका प्रभावशाली नेता चक्र वास्तोलाको निधन भएकाले कार्यक्रम केहि ढिला भएको नेपाली कांग्रेसले जनाएको छ ।
शुक्रबार विहान ११ बजे हुने कार्यक्रममा सहभागि भई शुभकामना आदान प्रदान कार्यक्रममा भाग लिन पार्टि कार्यकर्ता एवं शुभेच्छुकहरुमा आग्रह गरिएको जिल्ला सचिव रामकृष्ण खांणले जानकारी दिनु भयो ।