पिडाहरु निलिदिन्छु निलकण्ठ बनेर

प्रकाशित मिति:

गजल

पिडाहरु निलिदिन्छु निलकण्ठ बनेर प्रिय
पर्खिरहेछु मिरमिरे उषा प्लटी कसेर प्रिय

कालोबादल मडारिएको छ आकाश भरी
मुकाबिला गर्ने हो आम्नेसाम्ने डटेर प्रिय

युद्धको शंखघोष छ लडनुछ मैदानमा
नविन युग आउने छ बिगत ढलेर प्रिय

कति बस्छौ चिन्तामा एकदिन त जाने हो
उठाउ आत्मविश्वास नवस है लुकेर प्रिय

साचो बोल, गर ब्यवहार सत्यको सधैभरी
हजार बर्ष बाच्छौ र तिमी कुकृत्य गरेर प्रिय

दुइदिनको जिन्दगी हो हासीखेली बाचौ है
किन बस्छौ अहंकार र ईष्र्यामा डुबेर प्रिय

अन्याय र अत्याचार अति भयो अध्यारो
मुठ्ठीमा अदम्य शाहस आउ बोकेर प्रिय

अर्जुन ज्ञवाली
बुटवल, रुपन्देही