गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको खाद्य सामग्री तरकारी वितरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

अमेरिका/गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निस्शुल्क शुद्व तरकारीहरु वितरण कार्यक्रम मेई २७, २०२० बुधवार बेलुका आठौं पटक भव्यताका साथ सम्पन्न गरेको छ।

सनिसाईडसाईन्स संस्था की कार्यकारी निर्देशक जेमि-फाए बिइन सँग सहकार्य र उत्पादक लक्कि टमेटोसले निशुल्क प्रधान गरेको हो। वहाँ ले यसै फाउण्डेशन लाई ४० बक्स गोलभेडा प्रतेक बक्समा २५ पाउण्ड गरी जम्मा एक हजार पाउण्ड र ५० बक्स शुद्व तरकारीहरुप्रतेक बक्समा १० पाउण्ड गरी जम्मा पाँच सय पाउण्ड  सहयोग स्वरुप प्रधान गर्नु भएको थियो र नेपाली लगाएत सबै समुदायका मानिस हरु गरी २०० जनालाई वितरण गरेको यसै फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिनु भयो।फाउण्डेशन कै कार्यालय अगाडी बाट लाईन अनुसार सामाजिक दुरी मा क्रमशस् प्रथमतः का आधारमा वितरण गरिएको थियो।

फाउन्डेसन को निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटने स्वयंसेवकहरू क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा, केन्द्रीय सदस्य एवं वरिष्ठ लोक गायक बिमल डाँगी, यु।एन।आई ग्लोबल युनियन नेपालकि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त, स्वयंसेवकहरू क्रमशः नेवि सघं अमेरिका का निवर्तमान संयोजक प्रभात सापकोटा, बीबेक अधीकारी, रीशी आचार्य, सुरज लामा, के। बी। खड्का,माधब जोशी, कुन्जन पौंडेल, प्रसम्शा लम्साल लगायत दर्जनौ स्वयमसेवकहरु खटिनु भएको थियो।

यसै कार्यक्रममा एनआरएनए आईसीसी सदस्य प्रमोद सिटौला, नेजससअ न्युयोर्कका पुर्व संयोजक बिनोद सुवेदी, नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्तराज सुवेदि, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो,युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका-न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामा लगाएत को उपस्थिति रहेको थीयो। एमब्लेम हेल्थ ईन्सुरेन्स कम्पनी का प्रतीनीधी हरिश्चन्द्र हमालले आज फाउण्डेशनलाइ निस्शुल्क १०० थान निलो ब्याग एमब्लेम हेल्थको उपलब्ध गराउनु भएको थियो।गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले सनिसाईडसाईन्स संस्था की कार्यकारी निर्देशक जेमि(फाए बिइन, उत्पादक लक्कि टमेटोस र एमब्लेम हेल्थ ईन्सुरेन्स कम्पनी का प्रतीनीधी हरिश्चन्द्र हमाल लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।