वर्तमान सरकारका कारण गणतन्त्र गुम्ने खतरा छ : डा शेखर कोइराला

१५ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बर्तमान सरकारका कारण गणतन्त्र गुम्ने खतरा बढेको बताएका छन् । गणतन्त्र दिवस अवसरमा शुभकामना दिदै नेता कोइरालाले बर्तमान सरकारका गतिविधीका कारण गणतन्त्र गुम्ने खतरा बढेको भन्दै सवैलाई खबरदारीका लागि आह्वान गरेका छन् ।

डा कोइरालाले फेसबुक मार्फत दिएको शुभकामना गणतन्त्र स्थापना लक्ष्य र अभिलाषा पूरा हुन नसकेको बताएका छन् ।नेता कोइरालाले फेसबुक मार्फत शुभकामना दिदै लेखेका छन् – “१२ बुँदे सहमतीको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना र सहिदहरुप्रती सम्मान ब्यक्त गर्दछु । जुन लक्ष्य र अभिलाषाले गणतन्त्र स्थापना भएको हो त्यो पुरा हुन सकेको छैन र बर्तमान सरकारकै कारण गणतन्त्र गुम्ने खतरा बढेर गएको छ । यसमा सबैको खबरदारी जरुरी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया