मेट्रोसिटीद्वारा प्रहरी र पत्रकारलाई मास्क तथा सेनेटाईजर सहयोग

१५ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


झविन्द्र देवकोटा -बुटवल, १५ जेठ । लायन्स क्लव अफ बुटवल मेट्रोसिटिले सुरक्षाकर्मी तथा संचारकर्मीका लागि मास्क र सेनेटाईजर सहयोग गरेको छ । कोरोना ९कोभिड १९० महामारिको समयमा नागरिकको सुरक्षाका लागि फिल्डमा खटिने सुरक्षाकर्मी ९प्रहरी० तथा आम नागरिकलाई सुचना दिनका लागि अहोरात्र संचारकर्ममा खटिने संचारकर्मी पत्रकार लाई एक हजार ५ सय थान मास्क तथा डेढ सय थान सेनेटाईजर क्लवले सहयोग गरेको हो । क्लवले बुटवल क्षेत्रमा क्रियाशिल छापा, अनलाईन तथा विद्युतिय संचारमाध्यममा कार्यरत एक दर्जन पत्रकारहरुलाई ५ सय थान मास्क तथा तीस थान सेनेटाईजर सहयोग गरेको क्लवका अध्यक्ष विदुर पौडेलले जानकारी दिनुभयो ।

यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक सिंह राठोर मार्फत सुरक्षाकर्मीलाई एक हजार थान मास्क तथा एक सय थान सेनेटाईजर क्लवले सहयोग गरेको पौडेलले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक सिंह राठोर, क्लवका एम।जे।एफ सन्दिप कसौधन, क्लवका संस्थापक अध्यक्ष बिनोद सुवेदी, नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष स्वस्तीक श्रेष्ठ, कार्यक्रम संयोजक अमरनाथ पाठक लगायतले नागरिकको सुरक्षाका लागि जोखिम मोलेर काम गर्ने सुरक्षाकर्मी तथा नागरिकलाई सुसुचित गर्न फिल्डमा खटिले सञ्चारकर्मीका लागि क्लवले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो । क्लवले यसअघि पनि कोरोनाका कारण समस्यामा परेका बुटवल ११ का तीन दर्जनबढी स्थानीय घर परिवारलाई खाद्यान्न सहयोग गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु